विद्यालय सुधारमा सक्रिय गाउँपालिका

Advertise with us

रीता लामा

हिजोआज राप्ती गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रसासकिय अधिकृत र शिक्षा शाखा प्रमुख गाउँपालिकामा रहेको विद्यालयको अनुगमनमा व्यस्त छन । उनीहरु अनुगमनमा त जान्छन तर भवन वा भौतिक वस्तु मात्र हेरेर मात्रै फर्किदैनन । कक्षाकक्षामा पुगेर विद्यार्थीको सिकाइ उपलब्धी मापन गर्छन ।
‘कुन विषयमा कुन शिक्षकले विद्यार्थीलाई कति सिकाए । शिक्षक र प्रअको विद्यालयमा सक्रियता कस्तो छ ।’ त्यो पनि हेरिन्छ । प्रत्येक कक्षामा पुगेर विद्यार्थीलाई केही थान प्रश्न दिइन्छ । ती प्रश्नको उत्तर कति विद्यार्थीले सहि दिए । विद्यार्थीको सिकाइको आधारमा शिक्षकको पढाइको गुणस्तर मापन पनि गाउँपालिकाले गरिरहेको छ ।

Advertise with us
‘विद्यार्थीको सिकाइ उपलब्धीसँगै अनुशासन, नियमितता र विषयगत क्षमताको आधारमा शिक्षकको मापन गरिन्छ ।’ गाउँपालिकाका प्रसासकिय अधिकृत जगतप्रसाद धिताल भन्छन ‘विद्यालयको शैक्षिक अवस्था, विद्यालयको व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थीको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मुल्याङकन गर्नका लागि गाँउपालिकाले अनुगमन गर्दै आएको छ ।’
अनुगमनको क्रममा कक्षागत रुपमा विद्यार्थीसंग सोधपुछ मात्रै होइन शिक्षकको नियमीतता, पोशाक, शिक्षकको शैक्षिक योजना, विद्यालय क्षेत्रको सरसफाई लगाएको विषयमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग छलफल गरिएको उनले बताए ।

Buddha International Hospital


विगत दुइ साता देखि नियमित विद्यालय अनुगमनमा खटिनुभएका अधिकृत धिताल अघिल्ला बर्षहरु विद्यालय व्यवस्थापनको नाममा विद्यालयमा चरम राजनीति भए पनि पछिल्लो समय त्यो परिपाटी हटेर गएको दावि गर्छन । उनी भन्छन ‘पहिलो विद्यालयमा राजनीति हावि गराएकोमा विद्यालयका शिक्षक र प्रअ समेत पछुतो मानिरहेका छन ।’ आफुले अनुगमन गरेका विद्यायमा प्रअ, शिक्षक, विद्यार्थी र अभिभावसँग छलफल गर्दा सबैजसोले विद्यालयको शैक्षिक र भौतिक सुधारमा बढी चासो दिएको पाएको उनको भनाई छ ।
गाउँपालिकाले त्यती कै त्यहाका विद्यालयको अनुगमन गरेको होइन । पछिल्लो समयमा सामुदायिक विद्यालयको स्तर खस्किदै जानु र संस्थागत विद्यालय हावि हुदै जानुले सरकारी निकाय माथि प्रश्न चिन्ह खडा भैरहेको छ । सोही कारण सामुदायिक विद्यालयको स्तरबृद्धिको लागि त्यहाँको अनुगमन गरिरहेको गाउँपालिकाकाले जनाएको छ । विद्यालयको नियमित अनुगम गर्ने, शिक्षक, विद्यार्थी, प्रअ र अभिभावकसँग छलफल गर्ने र विद्यालय सुधारको लागि के गर्न सकिन्छ भन्ने बारेमा खाका तयार पार्ने काम भैरहेको गाउँपालिकाको भनाई छ । विद्यालय सुधारको लागि प्रयास गर्ने विद्यालयलाई नमुना विद्यालय घोषणाको तयारीको लागि बजेट पनि दिइरहेको छ ।
राप्ती गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति राजेन्द्र घिमिरेका अनुसार राप्ती गाउँपालिकामा हाल २९ वटा सामुदायिक विद्यालय छन । जसमा माध्यामिक तहका ६ आधारभुत तहका १३, र प्राथमिक तहका १९ विद्यालयहरु छन ।
जसमध्य गाउँपालिकाले गत बर्ष पाँच वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । नमुना माध्यामिक विद्यालय मौरीघाट, शंखर माध्यामिक विद्यालय पिपरी, आधारभुत विद्यालय पाखापानी, सरस्वती आधार विद्यालय छोट्की सिसनियालाई नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । स्रोत व्यक्ति घिमिरेकाले दिएको जानकारी अनुसार नमुना विद्यालय छनोट गरेरै गाउँपालिकाले विद्यालयको समग्र पठनपाठनको सुधारको लागि प्रति विद्यालय ११ लाख रुपैया प्रदान गरेको थियो । जसमा विद्यालयको ल्याव निर्माण, पुस्तकालय, बगैचा, बालबालिकालाई छात्रबृद्धि प्रदानका लागि भनेर उक्त रकम विनियोजन गरिएको थियो । यस बर्ष पनि ती विद्यालयलाई थप ४ लाखका दरले गाउँपालिकाले बजेट विनियोजन गरको छ ।
यसबर्ष पनि गाउँपालिकाले आधारभुत विद्यालय करङ्कोट र आधारभुत नेपाल राष्ट्र माध्यामिक विद्यालयलाई नमुना विद्यालयको लागि छनोट गरेको छ । जसलाई १२ का दरले रकम प्रदान गरिएको छ ।
उनका अनुसार राप्ती गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन बन्द गरिएको छ । भर्ना, मासिक शुल्क, परिक्षा शुल्कको रुपमा लाग्ने सबै रकम बन्द गरिएको छ । साथै विद्यालयमा राखिएका सबै निजि शिक्षकको तलव भत्ता गाउँपालिकाले वेहोर्दै आइरहेको छ । यसको लागि गाउँपालिकाले शिक्षामा एक करोड रुपैया विनियोजन गरेको छ ।