खुमखानी पुग्दा को क्षण

यात्रा संस्मरण : राज्यको उपेक्षामा परेको खुमखानी

जीतसागर जी.एम.

Buddha International Hospital

दाङ, २३ कार्तिक।  तुलसीपुर उपमहानगरपालिका भित्रको एउटा वस्ती खुमखानी ।

Advertise with us

भौगोलिक हिसावले विकट वस्तीका रुपमा रहेको खुमखानीमा पुग्ने लामोसमय देखिको चाहाना यहि कार्तिक २१ गते शुक्रबार दिन पुरा गर्ने अवसर मिल्यो ।

वैदेशिक रोजगारीको शिलशिलामा दुवैमा रहनुभएका तुलसीपुर–७ जीतपुर निवासी उपेन्द्र पौडेलले दुखमा परेका नागरिकलाई केहि सहयोग गर्ने भएपछि हामीलाई पनि खुमखानी पुग्ने सु–अवसर मिल्यो ।

सहकर्मी वसन्त पौडेलसहित हामी पाँच जना सहकर्मी साथीहरु कार्तिक २१ गते शुक्रबार दिउँसो २ बजे खुमखानीको यात्रा तय ग¥यौँ, निर्धारित समयभन्दा केहि समय ढिला गरी तुलसीपुरबाट त्यताको यात्रा तय ग¥यौँ ।

विकट वस्ती खुमखानी सडकको पहुँच बाहिर भएकाले सवारी साधनमा जान सक्ने अवस्था थिएन् ।

तुलसीपुरबाट ५÷६ किलोमिटर टाढा खाद्रेको प्रहरी चौकीमा सवारी साधन राखेर हामी पैदल यात्रा गरेर अघि बढ्यौँ ।सडकको पहुँच अलि केहि परसम्म भएता पनि हामीले सवारी राख्ने सुरक्षित ठाउँ नभएकाले प्रहरी चौकीबाटै पैदल यात्रा शुरु ग¥यौँ । प्रहरी चौकी केहि पर पुगेपछि हामीले उकालोमा आवश्यक खानेपानी किन्यौँ र अघि बढ्यौँ ।

 

त्यो साँझ हामी ति वस्तीमा पुग्नै पर्ने बाध्यता थियो । भौगोलिक हिसावले विकट वस्तीका रुपमा रहेको खुमखानीमा पुग्न पैदल पनि सहज थिएन् । जब हामी उकालो लाग्यौँ, तब मलाई केहिबेर सोच्न बाध्य बनायो अवस्था र परिवेशले ।

 

 

 

 

 

 

‘हामीलाई बिना भारी हिड्न गाह्रो भएको यो उकालो बाटो अनि खुमखानीका स्थानीयले दैनिक उपभोग्य वस्तु कसरी लैजाने गर्छन त…….?तर प्रश्न अनुत्तरित थियो ?’

खुमखानीमा पुग्नका लागि तुलसीपुर –४ बायोखोलाबाट पनि जाने भएपनि हामीहरु खाद्रेबाटै अघि बढेका थियौँ ।अघि बढ्दै जाँदा जतिसुकै उकालो भएपनि हामीलाई गन्तव्यमा पुग्नै पर्ने थियो ।

केहिसमयको यात्रापछि हामीले बोकेर लगेको नास्ता खायौँ र केहि समयको विश्रामपछि फेरि अघि बढ्यौँ ।

घना जंगल, वरिपरि जनावरहरुको खस्र्याङ, खुर्सुङको आवाज तर पनि हामी विचलित हुने अवस्था थिएन् किनकी हामी पाँच जना थियौँ ।

अघि बढ्दै जाँदा बाइसे–चौविसे राजाका पालामा नामाकरण गरिएको हनुमान ढोकामा पुग्यौँ । हनुमान ढोका त काठ्माण्डौमा छ, दाङमा कहाँ हनुमान ढोका छ भनेर अचम्म लाग्न पनि सक्छ तपाईलाई…….

तर अचम्म मान्नुपर्दैन ।

ति ठाँउलाई बाइसे–चौबिसे राजाहरु बस्ने समयमा नामाकरण गरिएको रहेछ ।ति हनुमान ढोकामा वारीपारी मनरोम दृश्य देखिएकाले हामीले केहि सामुहिक फोटोहरु लियौँ । त्यसपछि हामी अघि बढ्दै गर्दा सुर्यास्त भइसकेर झमक्क रात पर्न थालिसकेको थियो ।बनमा चराको चिरबिर चिरबिर आवाजमै हाम्रा पाइलाहरु निरन्तर अघि बढीरहे । अघि बढीसकेपछि हामी टुँडिखेल भन्ने ठाउँमा पुग्यौँ ।घना जंगलको बिचमा सानो चौर त्यसैलाई टुडिखेल भनिदो रहेछ । त्यो पनि बाइसे–चौविसे राज्यको पालामा नामाकरण गरिएको रहेछ ।

’हामी निरन्तररुपमा अघि बढ्दै गर्दा हामी गन्तव्य नजिक पुग्न थालिसकेका रहेछौँ तर हामीलाई अझै कति हिड्नुपर्ने रहेछ भनेर कौतुहल्ता लागिरहेको थियो ।

 

 

 

अग्लो उचाइमा पुग्दा दाङ उपत्यकाको मनोरम दृश्यले मन लोभ्यायो तर साँझ परिसकेकाले मुख्य बजार तुलसीपुर , घोराहीमा बत्ति बलेको मात्रै देख्न सकिन्थ्यो ।

 

 

 

 

 

हामी त्यहि दृश्य हेर्दाहेर्दै गन्तव्य स्थान खुमखानी पुगेको पत्तै भएन् । खुमखानीमा पुग्दा साँझको करिब ७ बजिसकेको थियो , हामी जान लागेको पहिल्यै जानकारी गराएका कारण स्थानीय नागरिक हाम्रो स्वागतको लागि चिसो मौसममा पनि तातिएर खट्नुभएको थियो ।

 

गाउँका अगुवा अम्मर बहादुर घर्ती, फत्तबहादुर थापासहितको टोलि हामी त्यहाँ पुग्दा निकै खुशि हुनुभयो ।

‘आउँदा बाटोमा दुख पाउनुभयो है ’ उहाँहरुले भनेका यि वाक्यले हामीलाई थकाईको महशुस भएन,

हामीलाई झनै उर्जा मिल्यो ।निर्धारित समयभन्दा केहि ढिला गरी पुगेकाले उहाँहरुले भन्नुभयो–‘हामी त अब आउनुहुन्न कि जस्तो लागेको थियो तर आउनुभयो, हाम्रो वस्तीमा पाइला टेक्ने कोशिस गर्नुभयो, धेरै खुशि छौँ ।’

हामीले कुनै ठुलो योजना लिएर गएको नभएपनि उहाँहरुले हामीलाई दिएको सम्मानले हामीलाई प्रफुल्लित बनायो, हामी उत्साहीत भयौँ । घरमा सोलारको सानो उज्योलो भएपनि खुशिको प्रकाश झनै बढेको थियो ।अग्लो ठाउँ भएकाले पनि तुलसीपुर, घोराही लगायतका दाङका मुख्य बजारमा झिलिमिलि बत्ति बलेको देख्ने खुमखानीले आफै विद्युत पाउन सकेको छैन् । ‘न सडक, न बत्ति ः दुख त कति हो कति ?’ तर पनि खुशि छन् खुमखानीका स्थानीयहरु ।

घरमा धेरै जना जम्मा हुनुभएको थियो । खाना खानुअघि स्थानीय अगुवा पोकबहादुर थापा संग केहि भलाकुसारी गरियो । उहाँसंग हामीले खुमखानी नाम कसरी रहन गयो भनेर सोध्यौँ ।उहाँको जवाफ थियो –‘खै बावु मलाई एकिन जानकारी त छैन्, तर बावु बाजेले भने अनुसार यो ठाउँको नाम सुनखानी हो, सरकार लाग्छ भनेर खुमखानी भनेका हुन् रे ? ’

अर्थात उहाँको भनाईको आशय थियो ‘सुनखानी भनेपछि त्यहाको वस्ती नै उठाउँछ , सरकारले त्यसैले पनि पुर्खाहरुले खुमखानी भनेका होलान् । ’

त्यसपछि हामीले फेरि उहाँलाई सोध्यौँ –‘ के यहाँ सुन नै पाइन्छ त’

अनि फेरि उहाँले भन्नुभयो–‘ खै त्यो त वास्तविक थाहा भएन् बावु ।’

त्यसदिन हामीले अरु विषयमा जान्न खोजिनौँ तर मनमा अनेकौँ कौतुहल्ता र प्रश्न थिए । घरको दिदीले हामीलाई खाना पस्किदैँ गर्दा मलाई फेरि जान्न मन लाग्यो ।ति हामीलाई खुवाउने चामल बजारबाट ल्याउनुभएको हो कि घरकै हो भन्ने

मेरो प्रश्नमा दिदिले जवाफ दिनुभयो । ‘हाम्रो त घरकै चामल खान्छौँ, तर अधिकांशले बजारबाट ल्याउने गरेका छन् ।’

अनि मैले फेरि भनेँ–‘ हामीलाई रित्तै हिड्न धौ–धौ भएको ठाँउबाट चामल लगायतका दैनिक उपभोग्य वस्तुहरु कसरी ल्याउनुहुन्छ त ?

दिदीले भन्नुभयो–‘ अब के गर्नु र जसरी भएपनि खानै प¥यो, पहिलेका मान्छे झन् कोइलाबास जान्थे रे, अहिल तुलसीपुर त हो ।’

त्यसपछि भोलिपल्ट शनिबारको दिन हामीले बिहानै रिर्पोटिङका लागि केहि प्रतिनिधिमूलक व्यक्तिसंग कुराकानी ग¥यौँ । उपमहानगरपालिकावासी भएपनि अभावै–अभावमा रहेका खुमखानीबासीले हामीले रिर्पोटीङ गर्दा खुशि व्यक्त गरेपनि चुनावको समयमा पुगेको नेताहरु फर्किएर नआउँदा स्थानीयले दुख पनि व्यक्त गरे ।

 

नेताले हरेक पटक चुनावमा खुमखानीमा मोटरबाटो पु¥याएपनि त्यो मोटरबाटोमा गाडी चल्न नसकको स्थानीयले बताउनुभयो ।

‘वडा अध्यक्ष बालकृष्ण राना चुनावपछि एकपटकमात्रै आउनुभयो, मेयर त अहिलेसम्म पनि आउनुभएको छैन्, विकासको अनुभूति अहिलेसम्म केहि गर्न पाएका छैनौँ, हामीलाई उपमहानगरपालिकावासी भन्न पनि लाज लाग्छ’ स्थानीय एक अगुवाले भन्नुभयो ।

 

लगभग सबै किसिमका विकास निर्माणमा नेतृत्वको नजर पुग्न नसकेको खुमखानीमा खानेपानीको पहुँच भने पुगेको रहेछ । ब्रिटिस सेना तुलसीपुर–४ खाद्रेका यमबहादुर रानाको पहलमा करिब १ करोड लगानीमा ८ वर्षअघि नै पानी पुगेको रहेछ तर उहाँको अहिले निधन भइसकेकोले अब नेताहरुबाट केहि पाउन नसकेको स्थानीयले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

खुमखानी गाउँका नागरिकको मुख्य पेशा कृषि नै हो । कृषिमा पनि मुख्यगरी बाख्रा पालन रहेछ ।

३५÷३६ घरधुरी रहेको खुमखानीमा लगभग सबैघरमा बाख्रा पालन रहेछ । उनिहरुले त्यसैबाट दैनिक गर्जो टारेका रहेछन्, त्यसैगरी चोयाचेत्रो गरेर अर्थात डोका डालो बुनेर बिक्रि गरेर आएको रकमले दैनिकी चलेको रहेछ ।

 

बिहानको करिब ११ बजे स्थानीय अति विपन्न ५ घर परिवारलाई सहयोगी उपेन्द्र पौडेलले दिनुभएको रकम हामीले हस्तारन्तरण ग¥योँ ।

रकम हस्तान्तरणपछि दिउँसोको खानाखाएर पहिलेको दिन पुगेको बाटोभन्दा फरक बाटो भएर हामी खुमखानीको दुई दिनको यात्रा पूर्णविराम लगायौँ ।

 

अन्त्यमा, खुमखानी कुनै कर्णालीको गाउँ होइन्, हो त केबल भौगोलिक विकटताले विभिन्न सामाना गरिरहेको गाउँ । तुलसीपुर–४ मा पर्ने खुमखानीका नागरिकले सहरमा बस्ने नागरिक जत्तिकै राजश्व बुझाउने गर्छन्, तर सामान्य किसिमको आवश्यकता पुरा गर्न सकेका छैनन् ।

 

सडक नहुँदा कतिपयले त अकालमै मृत्युवरण गर्नुपरेको छ । खुमखानीका नागरिक सामान्य सिटामोल खानका लागि अहिले पनि एक दिन नै लगाएर तुलसीपुर बजार आउने गरेका छन् ।

जटिल प्रकारको समस्या देखिए स्थानीयले डोकोमा बोकेर अस्पतालमा पु¥याउनुपर्ने बाध्यता छ, नेतृत्वले भने स्थानीयलाई भोट बैंकको रुपमा प्रयोगमात्रै गर्ने गरेका छन् ।

कर्णाली प्रदेशको सल्यानसंग सिमा जोडिएको खुमखानी विकास र समृद्धिको पर्खाइमा छ ,

नेतृत्वले सौतेनी व्यवहार नगरोस्, तबमात्रै खुमखानीका नागरिकले राहतको महशुस गर्नेछन् ।’

Advertise with us