यूवा खेलाडिहरुलाई खेलकुद सामग्री बितरण

दिप्तीशिखा चौधरी,

Buddha International Hospital

दङ्गिशरण गाउँपालिका वडा न. ४ का यूवा खेलाडिहरुलाई आज खेलकुद सामग्री बितरण गरिएको छ । दङ्गिशरण गाउँपालिका वडा न. ४ को आयोजना तथा शिक्षा ,यूवा तथा खेलकुद शाखाको संयोजनमा खेलकुद सामग्री बितरण गरिएको हो । सामग्री बितरण कार्यक्रम अन्र्तगत मौलीका यूवा खेलाडिलाई भलीवल ३ थान, भलीबल नेट १ थान, फुटबल नेट १ जोडि,फुटबल ३ थान, फुटबल ड्रेस १५÷१५ थान, पम्प २ थान बितरण गरिएको हो । झन्डा ६ वटा, सिटी ४ वटा बितरण गरिएको हो ।

Advertise with us

यसैगरि टोल अन्र्तगत सरीया,सुकदेवा,बैबाङ्ग गनार र बैबाङ्ग डवराका खेलाडि यूवाहरुलाई भलीबल १ थान,फुटबल ३ थान, भलीबल नेट १ थान,फुटबल नेट १ थान,पम्प २ थान बितरण गरिएको थियो । खेलाडि यूवाहरुलाई वडा न.४ का वडा अध्यक्ष नेव बहादुर कवँरले प्रदान गरेका थिए । सामग्री बितरण पछि कार्यक्रममा बोल्दै वडा अध्यक्ष कवँरले यूवा वर्गका लागि खेलकुद क्षेत्र अपरहिार्य रहेको बताउँदै खेलकुद क्षेत्रमा यूवाहरु मानशीक , सामाजीक रुपमा दक्ष हुनुपर्ने बताएका थिए । उनले अवका दिनमा दङ्गिशरण भित्रका यूवाहरु खेलप्रती अझै जागरुक भई यौग्य खेलाडिको रुपमा स्थापित हुनुपर्ने बताएका हुन् ।

सो अवसरमा शिक्षा शाखा उप प्रमूख अनील के.सी.ले यूवाहरुलाई खेल प्रती अग्रसर गराउँने उद्धेश्यले पालिकाले यस्तो खालको कार्यक्रम ल्याएको बताएका थिए । आगामि बर्षहरुमा अझै पनि यूवा सम्बन्धि नयाँ खालका कार्यक्रम आयोजना गर्ने जनाएका हुन् । पालिका भित्रका यूवाहरु आगामि दिनमा अझै पनि उत्साहपूर्वक खेलकुदमा भाग लिने खालका यूवाहरु उत्पादन हुने अपेक्षा लिएको बताएका थिए ।

कार्यक्रममा बोल्दै बिधार्थी यूवा खेलाडि कैलाशपती चौधरी र राजन घर्ती मगरले वडा ले खेलाडि यूवाहरुको समस्यालाई मध्यनजर गरि खेल सामग्री बितरण गरेको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले अवका दिनमा गाउँपालिकाले यूवा सम्बन्धि कार्यक्रम अझै धेरै ल्याउँनुपर्ने माग गरेका थिए । कार्यक्रममा वडा नं ४ का सदस्य सुभद्री चौधरी,बिमला नेपाली, बिरेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक खिमराज खनाल लगाएतकाले आ — आफनो धारणा राखेका थिए ।

वडा अध्यक्ष नेव बहादुर कवँरको अध्यक्षता एंव शिक्षा शाखा उप प्रमूख अनील के.सी. को प्रमुख आतिथ्यतामा खेलकुद सामग्री बितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शहजीकरण शिक्षक केशव राज डाङ्गीले गरेका थिए ।।

Advertise with us