दाङवासीको सुझाव ः ‘हरेक दृष्टीले दाङ उपयुक्त राजधानी हो’

रीता लामा


प्रदेश पाँचको राजधानी बनाउने विषयमा विवाद चुलिदै गए पछि राजधानीको स्थान र नामाकरणको विषयमा प्रदेश सरकारले सुझाव संकलन सुरु गरेको छ । सोही कार्यक्रम अन्र्तगत मंगलवार दाङको घोराहीमा सुझाव संकलन गरेको छ ।
सुझाव संकलन गर्न यहाँ आएका टोलीले यहाँका स्थानियवासी एवम सरोकारवाला निकायसँग मौखिक एवम लिखित जवाफ मागेका थिए । जवाफमा यहाँका सवै जसो व्यक्तिले प्रदेशको राजनधानी बनाउनको लागि सबै हिसावले दाङ उपयुक्त स्थान भएको बताएका थिए । सुझाव संकलनको क्रममा आफ्नो लिखित र मौखिक सुझाव दिदै उनीहरुले सबै प्रदेशको मध्य विन्दुको हिसावले, ठुलो उपत्यका, प्रसस्त खाली जमिन, धेरै सरकारी एवम अर्ध सरकारी जग्गा भएको, हावापानी, सुरक्षा सबै दृष्टीकोणले दाङ उपयुक्त भएको बताएका थिए । त्यस्तै प्रहरीको प्रदेश स्तरीय मुख्यालय दाङमा हुनु, अन्र्तराष्ट्रिय विमान स्थल निर्माणको तयारी हुनु, प्रसस्त खुला र सरकारी जग्गा, धार्मिक पर्यटकिय महत्वका धेरै स्थल हुनुले पनि दाङ उपयुक्त भएको बताएका थिए ।
कार्यक्रममा विभिन्न राजनीधिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, अधिकारकर्मी, पत्रकार एवम स्थानिय निकायका पदाधिकारी र खुल्ला रुपमा नागरिकहरुले आफ्नो मत जाहेर गरेका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल कम्युनिष्ठ पाटी जिल्ला कार्यदलका सदस्य टिकाराम खड्काले प्रदेश नम्बर ५ को मध्ये भागमा पर्ने सामाजिक सुरक्षाका दृष्टिले सुरक्षित, वातावरणीय हिसावले सन्तुलित र सार्वजनिक जग्गाको उपलब्धता आदिको आधारमा दाङ देउखुरीको कुनै पनि स्थानमा प्रदेश राजधानी तोक्नु उपयुक्त भएको बताउनुभयो ।
यस्तै नेपाली काग्रेसका जिल्ला अध्यक्ष कृतिबहादुर खड्काले एसिया कै ठुलो उपत्यका भएको हुदाँ दाङलाई बैज्ञानिक एवम विज्ञ समुहले समेत उपयुक्त भएको बताउनुभयो । उहाँले प्रदेश मात्रै नभएर दाङ देश कै लागि उपयुक्त राजधानी दाङ भएको बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले आफुहरुले संघियतालाई नमाने पनि राजनीतिक खिचातानीको कारण प्रदेशको राजधानीमा विवाद देखिएको बताउनुभयो । उहाँले पनि उपयुक्त स्थान प्रष्ट भएको हुदाँ सोही अनुसार राजनधानीको नामाकरण गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बैज्ञानिक अवधारणा अनुसार उचित ठाउँमा रोज्न सुझाव संकलन टोलिसँग आग्रह गनुभयो । साथै उहाँले दाङलाई न्याय हुने किसिमले राजधानी तोक्नुपर्ने बताउनभयो । ‘दाङको सुन्दर उपत्यकालाई सम्मान गरौ, लुम्बिनी नामारण गरौ ।’
यस्त कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाकी उप प्रमुख सीता सिग्देल न्यौपानेले सबै हिसावले दाङ उपयुक्त रहेको बताइन । धार्मिक पर्यटकिय हिसावले दाङलाई अन्य जिल्लासँग तुलना गर्न नसकिने भन्दै उहाँले दाङलाई राजधानी तोकेर यस उपत्यकालाई विश्व मै सुन्दर बनाउने समय आएका बताउनभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, पत्रकार महासंघका भुपेन्द्र वली, अध्यक्ष सविन प्रियाशन लगायतले प्रदेश पाँचको राजधानी दाङ बाहेक अर्को विकल्प नरहेको बताउनुभएको थियो ।
सुझाव संकलन कार्यक्रमका लिखित र मौखिक जवाफ दिन नपाए पनि प्रदेश सभा सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरी, प्रदेश मामिला तथा कानून समिति सभापति दामा शर्मा, प्रदेश सदस्यहरु इन्द्रजीत चौधरी, अमरबहादुर डाँगी, रेवतीरमण शर्मा, अर्जुनकुमार श्रेष्ठ र धमकली चौधरी लगायतको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिती संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सुझाव संकलन कार्यदलबाट नेतृत्व गरेका आएका प्रदेश सभाका विशेष सदस्य नारायण आचार्य, कल्पना पाण्डे र निर्मला क्षेत्रिले सहभागिसँग प्रदेशको स्थान र नामाकरण ढिला भएको भन्दै माफि समेत मागेका थिए ।

Blog Post Ad

प्रश्नको लिखित प्रश्न र जवाफ
प्रदेशको स्थायी राजधानी र नामाकरणको बारेमा प्रदेश पाँचको विशेष समितीले केही प्रश्नावली तयार पारेर सबै सरोकारवासँग लिखित जवाफ मागेको थियो । जसमा प्रदेश राजधानीको विशेषता भनेर ८ वटा प्रश्नहरु सोधिएको थियो भने प्रदेश नामको सम्बन्धमा व्याख्या सहित एउटा प्रश्न गरिएको थियो ।
विशेषसमितीले राजधानीको विशेषतामा प्रसासनिक सुगमता कस्तो हुनुपर्ला, भुमि व्यवस्था कसरी गर्ने, भुमि केन्द्रण नीति कस्तो हुनुपर्ने, प्रदेश राजधानीको क्षेत्रको जनघनत्व र वातावरण अनुकुलता कस्तो हुनुपर्ने, सामरिक सुरक्षा व्यवस्था के कस्तो हुनुपर्ने, भौगोलिक अनुकुलता कस्तो हुनुपर्ने, कुन स्थानमा उपयुक्त होला र अन्तमा व्यक्ति सुझाव मागिएको थियो ।
यस्तै प्रदेश नामाकरण्ण गर्दा के आधारमा गर्नुपर्ने भन्दै ऐतिहासिक, सामाजिक सांस्कृतिक आधार र भौगोलिक आधार पनि सोधिएको थियो ।
तत्कालिन शेरवबहादुर देउवाको सरकारले पाँच नम्वर प्रदेशको राजधानीलार्ई प्रदेशको एक छेउमा लगेर अस्थायी राजधानी तोके पछि प्रदेश पाँचमा राजनीधानको नाम के राख्ने र कुन ठाउँमा राख्ने भन्ने विषयमा विवाद चुलिएको हो ।
प्रतिनीधि एवम प्रदेशसभाको चुनाव अगावै दाङलाई राजधानी बनाउने विषयमा सरोकारवाला निकायले धेरै आन्दोलत एवम नारावाजी गरेका थिए । तर अन्तमा अस्थायी राजधानी बुटवलमा तोकिए पछि अहिले दाङ सहित आसपासका जिल्लाहरु कुडिएका छन । दाङ मात्रै नभएर यसका नजिकका जिल्लाहरु बाके, बर्दिया, रोल्पा, रुकुम, प्युठान, अर्घाखाचि, कपिलवस्तुले पनि दाङलाई राजधानीको लागि उपयुक्त भनेको बुझिएको छ । यस्तै रुपन्देहीसँग सिमा जोडिएको पाल्पा जिल्लाले समेत सुझाव संकलनकर्ताहरुलाई पाँच नम्वर प्रदेशको राजधानी दाङ हुनुपर्ने धारणा राखेको बुझिएको छ ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *