राष्ट्रिय साहित्य पत्रकारिता गोष्ठीको उद्घाटन मुख्यमन्त्रीले गर्ने

दाङ, फागुण १४ । यही फागुण १७ गते हुन लागि रहेको राष्ट्रिय साहित्यीक पत्रकारिता गोष्ठीको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु हुने भएको छ ।

Buddha International Hospital

Advertise with us

प्रेस काउन्सील नेपालको आयोजना र नेपाल पत्रकार महासंघ दाङको संयोजनमा घोराहीको भिंग्रेली भिलेजमा शुक्रवार विहान देखि हुन लागि रहेको गोष्ठीको लागि मुख्यमन्त्री पोख्रेल बिहीबार साँझ दाङ आउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा पत्रकारिता एवं साहित्यमा लामो दखल राख्नुभएका देशभरका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

कार्यक्रममा काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललगायतका व्यक्तित्वहरुको सहभागिता रहनेछ । कार्यक्रममा पत्रकारिताको माध्यमबाट साहित्यको जर्गेणा कसरी हुन्छ, हुन सक्छ भन्ने विषयमा विभिन्न कार्यपत्रमा छलफल हुनेछ ।

Advertise with us