लमही अस्पतालको अनुगमन

Advertise with us

देउखुरी, फागुन । लमही अस्पतालको सोमबार अनुगमन गरिएको छ । लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगि, लमही नगरपालिका स्वास्थ्य सह–संयोजक अ.हे.ब गायत्री थापाको संयुक्त सहभागिमा सोमबार लमही अस्पतालको अनुगमन गरिएको हो ।

Buddha International Hospital

Advertise with us

लमही अस्पताल भित्र रहेका नाम दार्ता, फार्मेसि, ल्याव टेक्निसियन, फार्मेसिमा दैनिकि आम्दानी, बैङ्क दाखीला गतिविधि, एम्बुलेन्सको गतिविधि, वाइरिङ बिजुली वक्ती, डेलीभेरी रुम, अस्पतालमा कार्यरत कर्मचारीहरुको पोशाक, एक्सरे डार्करुम, गर्भवती चेकजाँच रुम लगाएत सम्पूर्ण गतिविधि सम्बन्धि अनुगमन गरिएको छ ।

अनुगमनमा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले लमही अस्पताललाई व्यवस्थित तरीकाले सञ्चालन गर्ने आग्रह गर्दै, अस्पतालको गतिविधि बारे गम्भिर हुन लमही अस्पताल मे.सु. डा. सरोज दर्नाललाई निर्देशन दिनुभयो । बेल्वासेले लमही अस्पतालमा सेवाग्राहीले कुनै पनि समस्या भोग्नु प¥यो भने, अस्पतालमा कार्यरत सबै कर्मचारीहरु लाई कार्बाहीको प्रकृया अगाडि बढाउने बताउनुभयो ।

यस्तै लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगिले अस्पताल तर्फ चासो दिन आग्रह गर्नुभयो । अधिकृत डाँगिले लमही अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरु लाई अस्पताललाई व्यवस्थित तरकिाले योजना बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो । अस्पताल प्रति बढी निर्देशन डा.को भुमिका रहेकोले अधिकृत डाँगिले डा. लाई अस्पताल प्रति गम्भिर हुनु आग्रह गर्नुभयो । डाँगिले शुक्रवार सम्म अस्पतालको सम्पूर्ण समस्याहरुको हल गर्न अल्टिमेट समय दिनु भएको छ ।