फागुन १५बाट हात्तिपाइले विरुद्धको औषधी खुवाइने

रीता लामा
घोराही, १४ फागुन । नेपाल सरकारले हात्ती पाइले विरुद्धको औषधी देशभरी खुवाउदै छ । सोही कार्यक्रम अनुरुप घोराही उपमहानगरपालिकाले पनि आफनो क्षेत्र भित्र हात्तिपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम यही आउदो फागुन १५ गते देखि सुरु गर्दै छ । भोलिबाट सुरु भएको उक्त कार्यक्रम यो महिनाभरी हुने छ ।

Buddha International Hospital
Advertise with us


घरघरमा गएर हात्ति पाइले विरुद्धको औषधी खुवाइने छ । जसको लागि उपमहानगरले १०० जना स्वास्थ्य कर्ताहरुलाई परिचालन गर्न लागेको छ । सोही कार्यक्रमको लागि १९ वडाका १६ स्थानबाट हात्तिपाइले विरुद्धको औषधी खुवाउन लागेको घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।


उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले दिएको जानकारी अनुसार सौडियार, ढिकपुर, नारायणपुर, शिवपुर, हापुर, भ्युडर, नयाँ बजार, करौटीडाडा, हरिद्धार, हात्तिखर्क, सैघा लगायतका स्थानमा हात्तिपाइलेको औषधी खुवाउने अभियान थालेको छ ।
हात्ति पाइले रोग विरुद्धको औषधी खुवाउनुको मुख्य उद्देश्य रोग फैलन नदिनु भएको बुझिएको छ ।

औषधीको अवस्था
यो अभियानमा डी.ई सी चक्की ५० वर्ष भन्दा अगाडी देखि उपचारर्थ प्रयोगमा आईरहेको र अबलेन्डाजोल चक्की २५ वर्ष भन्दा अगाडी देखि पेट र आन्द्रामा हुने विभिन्न खालको जुकाको उपचारका लागि प्रयोगमा आईरहेको औषधी भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पहिले औषधी र औषधीको फाईदाको वारेमा वुझाउन नसक्दा यो औषधी खानेको संख्या त्यती उल्लेखनिय बढ्न सकेको छैन ।
यो औषधी हात्तिपाईले रोगबाट प्रभावित रहेका जिल्ला भित्र वसोवास गर्ने दुई वर्ष मुनिका बच्चाहरु, गभैवती महिलाहरु, सिकिस्त बिरामीहरु र छारे बिरामीहरु बाहेक सबै व्यक्तिहरुलाई खुवाइने गरिएको छ ।
यो वर्ष यही फागुन १५ गतेवाट शुरु हुने हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाउने अभियानमा घोराही उपमहानगरपालिकाका सबै वडावासीहरुलाई खुवाउने बताएको छ । यो औषधी घोराही क्षेत्रका १ लाख ८३ हजार २ सय ६२ जनालाई खुवाउने उपमहानगरले बताएको छ ।

रोगको कारण
हात्तिपाइले करिव चार हजार बर्ष पुरानो रोग हो । यो रोग लाग्नुको मुख्य समस्या स्वास्थ्यमा विशेष ख्याल नराख्नु नै हो । ७७ जिल्लाहरू मध्ये प्रत्येक बर्ष ९० प्रतिसत भन्दा बढी जिल्लाहरूबाट यो रोगका विरामीहरू उपचारका लागि आउने गरेको पाइएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार ६१ जिल्लाहरू यो रोगबाट प्रभावित छ । नेपालको हिमाली १३ जिल्लाहरु र गुल्मीमा यो रोग देखिएको छैन । यो रोग भौगोलिक दृष्टिकोणले लामखुट्टे पाइने सबै जसो ठाउमा पाईएको छ । तराई, पहाड, गाउँ, शहर, बेशी आदिमा सबै ठाउँमा हात्तिपाइलेको जिवाणु पाइएको छ । दुइ बर्ष माथिका १३ प्रतिशत प्रभावित छन ।


तथ्याङकमा हेर्नेहो भने नेपालमा हाईड्रोसिल भएको १ लाख, खुट्टा सुन्निएको २० हजार, स्तन सुन्निएको एक हजार, महिलाको यौनाङ्ग सुन्निएको एक हजार रहेका छन ।

नेपालको हात्तिपाइलेबाट प्रभावित विरामी रहेको प्रमुख जिल्ला बर्दिया हो । जहाँ ४० प्रतिशत हात्ति पाइलेबाट प्रभावित छन ।
नेपालको हिमाली भन्दा तराीमा रोगीहरूको सङ्ख्या अपेक्षाकृत बढी देखिएका छ.।

विश्वव्यापी तथ्याङ्क
विश्वव्यापी तथ्याङकमा हेर्दा हात्तीपाइले(फाईलेरिया) रोग विश्वका ७० मुलुकहरूमा पाइएको छ । एक अरव४० करोड भन्दा बढी मानिसहरूलाई यो रोगलाग्न सक्ने संभावना छ । १२ करोड मानिसहरू यो रोगबाट संक्रमित छन् । यस मध्ये १.५ करोड मानिसहरुमा हात्तीपाईले पाईएको छ । २.५ करोडमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको पाईएको छ ।

दई तिहाई मानिसहरूमा (८ करोड) साधारण खाले लक्षणहरू पाइएका छन् । हात्तीपाइले(फाईलेरिया) रोगबाट प्रभावित मुलुकहरू मध्य धेरै जसो दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्व एशिया । पश्चिमी प्रशान्त एशियाका अधिकांश सर–सफाईको कमि भएका देशहरु पर्दछन् । दक्षिण पूर्व एशिया क्षेत्र भित्र हात्तीपाइले (फाईलेरिया) रोगबाट प्रभावित ठाउँहरूमा बसोबास गर्ने । विश्वको कूल प्रभावित क्षेत्रमा बस्ने सङ्ख्याको ६२ प्रतिसत जनसंख्या । अर्थात ८० करोड मानिसहरू छन् ।

त्यस्तै ६ करोड मानिसहरूलाई यो रोग लागेको अथवा यिनीहरूको रगतमा यो रोगको परजिवी रहेको पाइएको छ । यी मध्ये छिमेकी मुलुक भारतमा मात्रै तीन खण्डको दुई खण्ड भन्दा बढी मानिसहरू बस्ने गरेका तथा रोग लागेका विरामीहरू पाइएको छ ।

Advertise with us