वडामा हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइने


घोराही, फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ ले वडामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाईने कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालासँग आइतवार छलफल गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरि वडामा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउननका लागि सरोकारवालासँग छलफल गरेको हो ।


Advertise with us
वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हाइतेपाईले रोग विरुद्ध खुवाउन थालिएको औषधिका बारेमा स्वास्थ्य चौकी धर्नाकी इन्चार्ज सिता डिसीले जानकारी गराएकी थिइन । उनले हात्तिपाईले रोग विरुद्धको औषधी खाना खाएर मात्रै खानुपर्ने, २ बर्ष माथीले खाने, गर्भवती तथा सुत्केरी र सिकिस्त विरामीले खान नहुने जानकारी दिएकी थिइन ।

Buddha International Hospital

यही फागुन १५ गतेदेखि खुवाईने हात्तिपाईले रोग विरुद्धको औषधी वडाका विभिन्न विद्यालय, टोललगायतका स्थानमा पुगेर खुवाउने कार्यक्रम रहेको वडाध्यक्ष दाहालले जानकारी दिए ।


कार्यक्रममा वडाध्यक्ष दाहालले वडामा हातिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेर सवैलाई खुवाउन सहयोग गरिदिन सवैलाई आग्रह गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रअ, वन समूह,क्लव,संघसस्थाका प्रतिनिधिहिरुको सहभागिता रहेको थियो ।