धारापानी महायज्ञमा १३ लाख ७४ हजार दान संकलन

Advertise with us

पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवारदेखी सुरु भएको महायज्ञमा १३ लाख ७४ हजार दान संकलन भएको छ । पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको स्थापनार्थ आयोजना गरिएको ‘।ीमद् भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ–२०७५’ मा आईतवार १३ लाख ७४ हजार ७ सय ६३ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

महायज्ञको दोस्रो दिन घोराही उपमहानगरपालिका वडा नम्बर ६ का प्रेमबहादुर नेपालीले १० लाख बराबरको २ कठ्ठा दान गर्नुभएको छ । उहाँले घोराही उपमहानगरपालिका ६ जजरागाँउमा रहेको २ कठ्ठा जग्गा दान गर्नुभएको हो । यस्तै घोराही १७ गुलरियाका धनबहादुर कृीले १ लाख ५५ हजार ५ सय ५५, घोराही १७ बेलभारका गिरिराज अधिकारील ५१ हजार १ सय ५५, अमेरिका भर्जीनियाबाट सन्तोष पौडेल र निकीता पौडेलले २५ हजार ५ सय ५ रुपैया दान गर्नुभएको छ ।

त्यसैगरि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमीटेड गुरुवागाँउबाट २१ हजार १ सय ११, कचिलानगर टोल विकास संस्थाले ११ हजार १ सय ११, तनहुबाट फनिन्द्र रानाभाटले १० हजार ५ रुपैया दान गर्नुभएको आयोजक मूल समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

निशुल्क बस सेवा
पाण्डवेश्वर मन्दिर धारापानीमा आयोजना गरिएको महायज्ञसम्म पुग्नकालागी घोराहीबाट निशुल्क यातायात सेवा सुरु गरिएको छ । महायज्ञ स्थलसम्म पुग्नकालागी घोराहीबाट निशुल्क रुपमा बस सञ्चालन हुने आयोजकले जानकारी दिनुभयो । घोराहीको बालमन्दिरबाट तुलसीपुर चोक हुँदै सहिद गेटबाट क्याम्पस रोड हुदै बस महायज्ञ स्थलसम्म पुग्ने आयोजक मूल समितिले जानकारी दिएको छ ।