कब्जियतबाट हैरान हुनुहुन्छ ? यस्ता खानेकुराहरु खानुहोस्

एजेन्सी । हामीले दैनिक खाने खानेकुरा नमिल्दा र खानेकुरा खाने समय नमिल्दा हामी विभिन्न रोगको शिकार हुने गर्छौ ।

Blog Post Ad

ग्याष्ट्रीक तथा कब्जियत जस्ता समस्या हामीले खाने खानेकुराकै कारण हुने गर्छ । र कब्जियतको समयमै उपचार नगर्ने हो भने यसले भयानक समस्या पनि निम्तिन सक्छ ।

Blog Post Ad

हामीले स्वस्थ्य हुनुका लागि खानामा बिशेष ध्यान दिनु पर्ने हुन्छ । खानामा फाईबर बढि मात्रामा पाईने खालको खाना खानु पर्छ यसो गर्दा हाम्रो पुरा पाचन प्रणाली नै सफा हुन्छ । हामीले दिनमा २६ ग्राम फाईबर युक्त खाना खानै पर्ने बताउँछन् स्वास्थ्य विज्ञहरू ।

यी ५ खानामा पाईन्छ प्रशस्तै फाईबरः

 जौ/गहुँः

विभिन्न खालका गेडागुडी जस्तै जौबाट बनेका कुनै पनि परिकार, अनि गहुँको च्याख्ला आदि खाने गर्नाले कब्जियतबाट राहत मिल्दछ ।

 स्याउः

दिनमा १ वटा स्याउ खानुस र चिकित्सकबाट दुर रहनुस्, भन्ने कुरा सहि हो । स्याउमा पनि बढि मात्रामा फाईबर पाईन्छ । आफ्नो दिन एउटा स्याउबाट सुरू गर्नुस् र दुर हुनुस् कब्जियतबाट । यसले अनुहार पनि चम्किलो बनाउँदछ ।

 गाँजरः

हामीले गाँजरलाई प्राय सलादको रूपमा प्रयोग गर्छौ । यसले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउँदछ । गाँजरलाई पकाउँदा त्यसमा पाइने पौष्टिक पदार्थ कम हुने हुँदा यसलाई काँचै खानु राम्रो हुन्छ ।

 नासपातिः

नासपातिमा पनि फाइबरको मात्र निकै बढी हुन्छ । दैनिक रूपमा नासपातिको प्रयोगले शरिरलाई आवश्यक पर्ने फाइबरको मात्रालाई पूर्ण गर्नुका साथै यसले पाचन प्रणालीलाई पनि फाइदा गर्छ र कब्जियतको समस्यालाई पनि सहज बनाउँछ ।

गेडागुडीः  

गेडागुडीहरुमा पनि शरिरलाई आवश्यक फाइबरको मात्रालाई पुर्ति गर्ने गर्छ । यसले पाचन प्रणाली समेतलाई निकै फाइदा पुर्याउँछ ।