कोभिड–१९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ अबदेखि दुई दिन मात्रै

घोराही, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि दैनिक कोरोना संक्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंको समयमा पाँच दिनका लागि बन्द गरिएको कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेट आजबाट साताको दुई दिन मात्रै हुने छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सम्बन्धी नियमित प्रेसब्रिफिङ अब आइतवार र बुधवार मात्रै हुने बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले दिने कोरोना सम्बन्धी जानकारी अब मन्त्रालयका विभिन्न सामाजीक सञ्जालमा साझा गरिने भएको छ ।मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक पेज लगायतमा अब देनि कोरोना सम्बन्धी जानकारी सार्वजनिक गरिने पनि उहाँले बताउनुभएको छ ।

Buddha International Hospital
Advertise with us

Advertise with us