बालविवाह रोक्न प्रहरीको अभियान

तुलसीपुर, १३ कार्तिक । बालविवाह रोक्न प्रहरीले १५ दिने सचेतनात्मक अभियान संचालन गर्ने भएको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रहरीले १५ दिने अभियान संचालन गर्ने भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरेर प्रहरीका विभिन्न निकायबाट सचेतनात्मक अभियान संचालन गर्ने जनाएको छ । स्थानीय सरकार तथा विभिन्न संघ–सस्थाको समन्वयमा प्रहरीले भोलि शुक्रबारदेखि कार्तिक २८ गतेसम्म १५ दिने सचेतनात्मक अभियान संचालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम संचालन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५÷५ वटा कार्यक्रम संचालन गर्ने भएका छन् । त्यसैगरी वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम संचालन गरिने प्रवक्ता वैदवारले जानकारी दिनुभयो । कार्यक्रम अन्तगर्त सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २÷३ जनाको समुमा अभियानबारे जानकारी गराउने, रेडियोमाफर्त सचेनामूलक जानकारी गराउने लगायतका रहेका छन् ।। लुम्बिनी प्रदेशमा बालविवाह गर्नेमा १६ देखि २६ वर्षका धेरै दाङ, १३ कार्तिक लुम्बिनी प्रदेशमा बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा रहेको छ ।

तीनवर्षको अवधिमा प्रदेशका १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा धेरै १९ वटा बालविवाहका घटना भएका छन् भने दाङमा १३ वटा बालविवाहका घटना भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ देखि बितेको आर्थिक वर्षसम्मको तथ्यांक अनुसार दाङमा १३ वटा बालविवाहका घटना भएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो । दाङमा आर्थिक वर्ष २०७४÷०७५ मा २ वटा, २०७५÷०७६ मा ८ वटा र गत आर्थिक वर्ष २०७६÷०७७ मा ३ वटा बालविवाहका घटना प्रहरीमा दर्ता भएका हुन् । तीन वर्षको अवधिमा बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, पूर्वरुकुमम र रुपन्देहीमा १÷१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ ।

Buddha International Hospital

प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको छ । तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि २६ वर्ष उमेरसमुहका धेरै रहेका छन् । प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन् । ति मध्ये २७ वटा बालविवाह १६ देखि २६ वर्ष उमेरसमुहकाले गरेका छन् ।

Advertise with us

Advertise with us