दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

घोराही, १३ कार्तिक। दाङमा आज थप एक जना संक्रमितको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारणले मृत्यु भएको हो । दाङमा कोरोना भाइरस संक्रमितको संख्या २१ सय नाघेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म २ हजार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Buddha International Hospital

ति मध्य १५ सय ७१ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ । अहिले दाङमा ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तैयो संगै दाङमा ८ जना संक्रमितको मृत्यु भैसकेको छ ।

Advertise with us

Advertise with us