प्रभुलाईभ ईन्सुरेन्स द्धारा बिमित परिवारलाई रकम हस्तान्तरण

घोराही, १३ कार्तिक । प्रभुलाईभ ईन्सुरेन्स लिमिटेड दाङ शाखाद्धारा बिमित परिवारलाई रकम हस्तान्तरण गरिएको छ । रोल्पाको सुनछहरी गाउपालिका २ को गाम गाउ निवासी खिमबहादुर घर्तिका छोरा केशव घर्तिको नाममा ५ लाखको विमा प्रभुलाईभ ईन्सुरेन्स लिमिटेड दाङ शाखामा गरिएको थियो ।

 

Buddha International Hospital

वीमाको पहिलो किस्ताबापत ३८ हजार रुपैयामात्रै जम्म गर्दा गत जेठ २८ गते ९ वर्षको उमेरमा विमित बालकको मृत्यु भएको हो । प्रभुलाईभ ईन्सुरेन्स लिमिटेड दाङ शाखाका म्यानेजर विष्णुकुमारी पोखरेलको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता एवं प्रभुलाईभ ईन्सुरेन्स लुम्विनीका प्रदेश प्रमुख प्रशान्त सुवेदिको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी चेक हस्तान्तरण गरिएको हो ।

Advertise with us

 

शाखाले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी बलकको वीमा बापत्को रकम घरपरिवारलाई हस्तान्तरण गरेको छ । मृतकका वुवा खिमबहादुर घर्तिलाई ५ लाख २० हजार रुपैया बराबरको चेक कार्यक्रमका प्रमुख अतिथी घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले हस्तान्तरण गर्नु भएको हो । चेक हस्तान्तरण कार्यक्रममा मृतकका बुवा खिमबहादुर घर्ति, उनका मामा देविबहादुर पुन, समाजसेवी भिमप्रकाश खड्कालगाएतले विमा कम्पनीले समाजप्रतिको उत्तरदायित्व पुरा गरेको बताउनु भयो । प्रभुलाईभ ईन्सुरेन्सका अभिकर्ता पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कृष्णप्रसाद आचार्यले गर्नुभएको थिायो ।

Advertise with us