बालिकामाथि दुर्व्यवहार गर्ने एक युवकलाई स्थानियले दले कालो मोसो

दाङ,१३ कात्तिक। बालिका माथि नराम्रो काम गर्ने एक युवकलाई स्थानियले कालो मोसो दलेका छन् । रुपन्देहीमा वडा अध्यक्षकै उपस्थितिमा एक युवालाई कालो मोसो दलेर गाउँ घुमाइएको छ ।

गाउँकै १० वर्षकी बालिकालाई उच्छृङ्खल गतिविधि गरेको भन्दै स्थानियले यस्तो सजाय दिएको हो । बालिका माथि नराम्रो नजर राख्ने युवालाई कालो मोसो दलेर गाउँ परिक्रमा गराइएको स्थानीय बासिन्दाले जनाएका छन् ।

Buddha International Hospital

सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उच्छृङ्खल गतिविधिका साथ जिस्क्याएको भन्दै स्थानीय २२ वर्षीय बब्लु केवटलाई यस्तो सजाय दिइएको हो ।

Advertise with us

उनलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शारीरिक यातना पश्चात कालो मोसो दलेर गाउँ परिक्रमा गराएको जनाइएको छ । प्रहरीले आफूहरुमा उजुरी नआएको बताएको छ । उजुरी आएमा संलग्नलाई कारवाही हुने प्रहरीले जनाएको छ ।

Advertise with us