सञ्चारकर्मी रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं : सञ्चारकर्मी रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर गर्दा श्रीमती निकीता र आफूमा कोरोना पुष्टि भएको बताएका छन् ।

कोरोना पुष्टि भए पनि दुबैको स्वास्थ्य भने सामान्य रहेको रविले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’ उनले फेसबुकमा लेखेका छन् ।

Buddha International Hospital
Advertise with us

Advertise with us