घोराहीमा खुल्ला जिल्ला स्तरिय फुटवल प्रतियोगिता हुने

घोराही, १३ कार्तिक। दाङमा चार्डपर्वको अवसरमा खुल्ला जिल्ला स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ । किसान जागृत युवा क्लब, घोराही १७ दाङको आयोजनामा खुला दाङ जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित ढिकपुरको खेलमैदानमा खेल सञ्चालन गरिने आयोजक क्लवले जनाएको छ । खेल यहि कार्तिक १९ गते देखि प्रतियोगिता संचालन हुने प्रतियोगिताका सहसंयोजक एन्फा प्रशिक्षक सन्दिप वलीले जानकारी दिनु भयो । प्रतियोगिताका सम्पुर्ण खेलहरु नकआउट प्रणालीमा खेलाइनेछ भने प्रतियोगितामा प्रथम हुने बिजेतालाई नगद रु २०,००० सहित कप मेडल तथा प्रमाणपत्र प्रदान गरिने वलीले जानकारी दिनु भयो । यस्तै उपबिजेतालाई नगदल नगद रु १०,००० सहित कप मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई नाम दर्ता गराउन ३५ सय रुपैया शुल्क लाग्ने आयोजक टिमले जनाएको छ ।

Buddha International Hospital

जिल्ला स्तरिय खुल्ला प्रतियोगिता भएकाले दाङ जिल्लाभित्रका जति वटा टिमले पनि सहभागीता जनाउन पाउने छन् । कोरोना माहामारीका कारण खेलकुद गतिविधि ठप्प रहेको अवस्थमा सम्पुर्ण सुरक्षा प्रणालीहरु अपनाएर प्रतियोगिता संचालन गरिने आयोजक संस्थाले जनाएको छ । साथै उक्त प्रतियोगिता संचालनका लागी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न सम्पुर्णलाई आयोजक किसान जागृत युवा क्लबले अनुरोध गरेको छ ।

Advertise with us

Advertise with us