गाउँमा गस्ति गर्न संयुक्त सुरक्षा फोर्स परिचालन

घोराही, १३ कार्तिक । विभिन्न अपराधिक घटनाहरु बढ्दै गएपछि तुलसीपुरको ग्रामिण भेगमा संयुक्त सुरक्षाकर्मीको टोलीले गस्ती गर्न थालेको छ । चरणवद्धरुपमा हिंसात्मक घटनाहरु हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न संयुक्त गस्तिसुरु गरिएको दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिनुभएको छ ।

Buddha International Hospital

सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त गस्ति सुरु गरिएको चन्दको भनाई छ । प्रहरीको टोलीले बेलुका ६ देखि राती ११ बजेसम्म तुलसीपुर क्षेत्रको गाउँ गाउँमा गस्ति थालेको हो ।

Advertise with us

बलात्कार, कुटपिट, लुटपाट र जुवातासका घटनाहरु बढ्दै गएपछि प्रहरीले शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली गाउँ गाउँमा गस्ती थालेको हो । तुलसीपुर क्षेत्र शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनसिल क्षेत्र मानिन्छ ।

Advertise with us