अतिक्रमित जग्गा खाली गराउने अस्पतालको तयारी

दाङ,१२ कार्तिक । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ । अस्पतालको ६ विघाह १७ कठ्ठा जग्गा मध्य करिब डेढ विघाह क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले बताएको छ ।

Buddha International Hospital

दशै लगत्तै अस्पतालले सर्बदलिय सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिनुभयो । अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रकृया अघि बढाएको हो ।

Advertise with us

अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिण तर्फ सडकको पूर्व – पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तर तर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिम तर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन् ।

Advertise with us