समृद्धिको लागि पर्यटन विकास अपरिहार्य

रीता लामा 
संघिय ससंदका सभामुख कृष्णबहादुर महराले पाण्डवेश्वर महादेव धामलाई रारा, लुम्विनी र स्वर्गद्धारीसँग जोड्ने योजना बनिरहेको बताए । यस क्षेत्रको पर्यटन विकासको लागि पर्यटकिय क्षेत्रलाई एक अर्कासँग जोड्न सके पर्यटनमा समृद्धि आउन सक्ने आशा व्यक्त गरे । साथै उनले पर्यटकिय क्षेत्रलाई एक आपसमा जोड्नको लागि स्थायिन, प्रदेश र केन्द्र सरकारले सडक संजाललाई पनि विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।


Advertise with us
पाण्डवेश्वर धामद्वारा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल ज्ञान महायज्ञको उद्घाटन गर्दै सभामुख महराले मुलुकको विकासका लागि नेपालमा रहेका पर्यटकीय स्थलहरुको विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । प्रतिनिधि सभाका सभामुख महराले मुलुकको समृद्धिका लागि पर्यटनको विकास नै पहिलो खुड्किलो भएको भन्दै पर्यटन क्षेत्रको विकाशका लागि ध्यान दिनु आवश्यक रहेको बताए ।

Buddha International Hospital

 


विविधतामा एकता बोकेको नेपालले आफूसँग रहेका प्राकृतिक तथा धार्मीक सम्पदाहरुको विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै सभामुख महराले सरकारले सोही दिशामा आफ्ना कदम बढाउनुपर्ने बताए । ‘नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले यसैलाई मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्षमा १ सय १ पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिइरहेको जानकारी दिए । ‘यसका लागि सरकारले वजेट विनियोजन गरेर काम अगाडि बढिरहेको छ ।’ सभामुख महराले भने । धारपानी धामलाई एक सय एक गन्तव्यमा राख्नुपर्ने भएपनि विविध कारणले छुटेकोले प्रमुख गन्तव्य बनाउदा धारपानीलाई राख्ने प्रतिवद्धता जनाएका छन् ।

धारपानी मन्दिरलाई नेपालकै प्रमुख गन्तव्य वनाउनका लागि पर्यटन मन्त्रीसंग कुरो भैसकेको बताउदै सभामुख महराले मन्दिरका तर्फवाट प्रस्ताव पेस गर्न आग्रह समेत गरेका छन् ।

धारपानी धामको विकाशका लागि सुरुङ मार्गबाट रीहारसंग जोडिनु पर्ने बताउदै सभामुख महराले यसको लागि सवैले पहल गर्नुपर्ने बताए । ‘२०६३ सालमा धारपानीमा मन्दिर छ भन्ने सुनेको थिए त्यस पछिका वर्षमा मन्दिर अहिले प्रमुख गन्तव्य वनिसक्यो ।’ महराले भने । समुदायको सहयोग र समितिको पहलवाट मन्दिरको विकाश भएकोमा खुशि व्यक्त गर्दै सभामुख महराले राज्यले पनि लगानीको सुरुवात गरेको बताए ।

दाङको धारपानी धामलाई मुलुककै उत्कृष्ट धार्मीक गन्तव्य बनाउनतर्फ लाग्नुपर्ने भन्दै सभामुख महराले वृहत गुरुयोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । पछिल्लो समयमा मुलुकमा विभिन्न किसिमका विपत्तीहरु आइपरेको भन्दै सभामुख महराले समाजमा सद्भाव फैलाउनतर्फ महायज्ञहरु फलदायी बन्नुपर्ने बताए ।


महायज्ञ उत्घाटन अवसरमा राष्ट्रियसभा सदस्य शान्ता चौधरीले नेपालमा रहेका धार्मिक स्थलहरुलाई अव पर्यटनसँग जोड्नुपर्ने बताइन । उनले पछिल्लो समय पाण्डवेश्वरको चर्चा सबै तिर बढेको भन्दै यसलाई अझ प्रचार गर्न र विकास गर्न आफुले सक्दो प्रयास गर्ने बताइन ।
प्रदेश सांसद अमरबहादुर डागीले पाण्डवेश्वर मन्दिरलाई स्वर्गद्धारीसँग जोड्नको लागि संरचनाको विकास गर्नुपर्ने बताए । उनले धारापानी अव नेपाल कै प्रशिद्ध स्थल मध्य एक रहेको भन्दै यसको प्रचारप्रसार र पुर्वाधार विकासमा सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै महायज्ञका प्रमुख वाचक वाचन प्रविण दीनवन्धु पोखरेलले बेद र बुद्धको भुमि भनेर विश्वमा नेपाल चिनिएको बताए । कार्यक्रमकै लागि विदेशमा भएकोवेला नेपालको परिचय आफुले त्यसरी पाएको उनले बताए । धर्मले मानिसलाई बन्धनमा राख्ने काम गरेको बताउदै पोखरेलले हाम्रो पुर्विय दर्शन नभएको भए अहिले देशमा छाडा तन्त्र आईसक्ने जिकिर गरे ।

 


पाण्डवेश्र महादेव धामले आयोजना गरेको महायज्ञको उद्घाटन गर्नु पुर्व निस्केको शोभायात्राले घोराही बजारको परीकर्मागरी धारपानी पुगेको थियो । विभिन्न जातजातीको पहिचान झल्कने पोशाक, नाच, तथा झाँकीले शोभायात्राको शोभा नै बढाएको थियो । पाण्डवेश्वर मन्दिर धारपानीको पुर्वाधार विकाश र वृहत आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ तथा धारपानी मन्दिरको प्रचारप्रसारका लागि महायज्ञको आयोजना गर्न थालीएको हो ।

विश्वकै अग्लो त्रिशुल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजनाहुन लागेको महायज्ञमा वाचनप्रवीण पंडित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचनगर्नुहुने भएको छ । शनिबारदेखि सुरु भएको महायज्ञ फागुन १८ गतेसम्म चल्ने छ ।
कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघ, स्थानिय जनप्रतिनीधिहरुलेले सक्रिय सहभागिता जनाएका छन ।