नेपालमा प्रतिदिन ६ जना बलात्कारबाट पीडित, अधिकांश ११ देखि १६ वर्षमुनि

दाङ, १२ कार्तिक । नेपालमा प्रत्येक दिन औसतमा ६ वटा बलात्कारका घटना भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो दुई वर्षको तथ्याङ्कअनुसार प्रतिदिन ६ वटा बलात्कारका घटना हुने गरेको पाइएको हो ।

Buddha International Hospital

बलात्कारका घटनामा सबैभन्दा पीडित ११ देखि १६ वर्षमुनिका बालिका भएको पाइएको छ । पछिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने चार हजार आठ सय २८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् ।

Advertise with us

आर्थिक वर्ष ०७६÷७७ मा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भए । चालु आर्थिक वर्षको साउन र भदौमा ४४५ वटा बलात्कार घटना प्रहरीमा दर्ता भएका छन् ।

धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय बलात्कारका घटना बाहिर आउन नसकेको प्रहरी अधिकारीको भनाई छ ।

Advertise with us