वैशाख यता विपद्का घटनामा परी ४ सय ६३ को मृत्यु, ८ सय ३ घाइते

घोराही, १२ कार्तिक । वैशाख यता विभिन्न विपद्का घटनामा परी ४ सय ६३ जनाको मृत्यु भएको छ भने ८ सय ३ जना घाइते भएका छन । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार बितेको ७ महिनाको अवधिमा आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षा जस्ता घटनाबाट सो संख्यमा मानवीय क्षति भएको छ ।

Buddha International Hospital

Advertise with us

प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २ हजार ४४ वटा भएको छ भने सो घटनामा बेपत्ता हुनेको संख्या १ सय १ रहेको छ । यस्तै ७९ करोड ५७ लाख ९५ हजार ८ सय १० रुपैयाँ बराबरको अनुमानित क्षति भएको पनि प्राधिकरणको भनाइ छ ।

Advertise with us