विश्वकै अग्लो त्रिशुल हेर्नेको घुइचो

Advertise with us


रीता लामा
घोराही, । देउखुरीको भालुवाङबाट आएकी रोशनी वली पाण्डवेश्वरी धाममा फोटो खिच्दै गरेको भेटिनुभयो । शिवजीकी भक्त वली पछिल्लो समय महिना दुइ महिनामा एक पटक पाण्डवेश्वरी धाममा आउनुहुन्छ ।

Advertise with us

Buddha International Hospital

त्यसको एउटै कारण छ विश्वकै अग्लो त्रिशुल । उहाँले पटकपटक अवलोकन गरि सकेको भए पनि कहिले घर परिवार, कहिले गाउँका साथीहरु त कहिले कलेजका साथीहरुको सारथी बनेर उहाँ त्यहाँसम्म आउने मौका पाइरहनुभएको छ । पटक पटक आउन पाउदा आफुलाई निकै रमाइलो लागेको उहाँ बताउनुहुन्छ ।


घोराही उपमहानगरपालिका वडा नम्वर ५मा रहेको पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिक स्थल हो । पछिल्लो समय उक्त स्थानमा विश्वकै अग्लो त्रिशुल निर्माण गरे पछि र तिव्र रुपमा पुर्वाधार निर्माणको काम सुरु भए पछि अवलोकन गर्नेको भिड बढेको छ । मन्दिरलाई आर्कषक बनाउने भन्दै मन्दिर व्यवस्थापन समितीले मन्दिर नजिकै विश्व कै अग्लो त्रिशुल निर्माण गरेको छ । सोही त्रिशुल हेर्नेहरुको घुइचो दिनानुदिन बढ्दो छ । उक्त त्रिशुल हेर्न जिल्ला भित्र र छिमेकी जिल्ला मात्र नभई नेपाल भरीका तिर्थ यात्रु आउछन । त्यो भन्दा पनि बढी त छिमेकी देश भारतबाट मन्दिरसम्म अवलोकनको लागि आइपुग्छन । विभिन्न स्थानबाट पाण्डवेश्र मन्दिर हुदै स्वगद्धारी पुग्नेको भिड पनि उस्तै हुन्छ ।


मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीका अनुसार त्रिशुल हेर्न कै लागि सरदर दैनिक एक हजार जना आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँसम्म आइपुग्छन । पहिले पहिले सोमवार पुजापाठको लागि फाटफुट जाने गर्दथे र शिवरात्रीको दिन विशेष मेला लाग्ने पाण्डवेश्वर धाममा हिजोआज दर्शकको बाक्लै उपस्थिती देखिन्छ । मन्दिर नजिक ठुलो त्रिशुल बने पछि पर्यटकको संख्या ह्वात्तै बढेको उहाँ बताउनुहुन्छ । पुजा गर्ने भन्दा पनि त्रिशुल नजिक फोटो खिच्ने, रमाउनेको संख्या धेरै छ ।

पञ्च धातुबाट निर्मित
धारापानी धाममा रहेको विश्वकै अग्लो त्रिशुल पञ्चधातुले निर्माण गरिएको छ । त्रिशुलको उचाइ ५५.५ मिटर अग्लो छ भने गोलाई ४४४ इन्च छ । त्रिशुल तीन भागमा छ विभाजित छ । त्रिशुलको बाहिरी भाग तामा, भित्र भाग फलाम, टाउको तीन वटा चुच्चो पित्तल र त्रिशुलमा राखिएको बन्चरो काँसको छ भने केही थोरै मात्रामा चाँदी पनि मिसाइएको छ ।

सात हजार, सात सय १८ किलो फलाम, २२६.३६ किलो तामा, १० किलो कांस र २५५ किलो पित्तल मिसाइएको छ । मन्दिर व्यवस्थापन समितीका सचिव विष्णुराम आचार्यका अनुसार त्रिशुलको जग निर्माणको लागि मात्रै पाँच हजार २५० किलो फलाम प्रयोग भएको छ । त्रिशुल २०७१ फागुनमा बुटवलको एक फलाम उद्योगबाट बनाएर दाङ ल्याइएको थियो ।