दाङमा जनता आवास कार्यक्रम, २६७ घर निर्माण हुने

दाङ, १२ कार्तिक । दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ६७ घर निर्माण हुने भएका छन । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २ सय ६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन ।

Buddha International Hospital

Advertise with us

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रम अन्र्तगत रोल्पामा १ सय १२, प्यूठानमा १ सय १० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन ।

सरकारले उक्त कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३२ हजार ५ सय अनुदान पाउने छन ।

Advertise with us