कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको निधन

काठमाडौं । कोरोना सङ्क्रमणका कारण पूर्वसभासद तथा संविधान सभाका सदस्य मानपुर चौधरीको निधन भएको छ ।

Blog Post Ad

सप्तरी कञ्चनरुपा नगरपालिका ४ जगतपुरका चौधरीको कोरोना सङ्क्रमणका कारण मङ्गलबार निधन भएको नेकपाले जानकारी दिएको छ । उनी नेकपाका प्रदेश नम्बर २ कमिटीका सदस्य पनि हुन् ।

Blog Post Ad

“संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु,” नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, “दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”