अडिटर्सको अध्यक्षमा घर्ती

नेपाल अडिटर्स एसोसियसन दाङ्गको अध्यक्षतमा ललित घर्ति निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको पाँचौ जिल्ला अधिवेशनले घर्तिलाई अध्यक्षमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अम्वर गिरी, सचिव हरीबहादुर डिसी, कोषाध्यक्ष कैलाश श्रेष्ठ, सदस्यहरुमा पोषणराज न्यौपाने, पुस्करराज रिजाल, सुवोध रेग्मी, गोपालप्रसाद पोख्रेल र थम्मन अधिकारी रहेका छन् । अधिवेशनले रमेश केसी, हर्षवहादुर डाँगी,लक्ष्मण पोख्रेल, शंकर प्रसाद गौतम,शंकर प्रसाद आचार्य, अनुप थापा र मोहनवहादुर महरालाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।
केन्द्रीय सदस्य विरेन्द्र महराको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वोल्दै प्रमुख अतिथि महराले सबै लेखा परिक्षकहरु एकजुट भएर लेखा परिक्षणलाई गुणस्तरिय र पारदर्शी वनाउनुपर्ने कुरामा जोड दिए । अध्यक्ष रमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा हर्षवहादुर डाँगी, तुलसी गिरी र सुवोध रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष कैलाश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ललित घर्तिले साँगठनीक प्रतिवेदन पेश गरेका थिए ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *