कोरोना महामारीमा फोनबाटै आशिर्वाद लिएर दशैँ मनाउन आग्रह

दाङ, १० कार्तिक । सामाजिक सञ्जालबाटै आशिर्वाद ग्रहण गरी खानपिन र सरसफाईमा ध्यान दिदै यसवर्षको दशै मनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । कोरोना कहरकैबिचमा नेपालीहरुको महान् पर्व विजया दशमी भित्रिएको छ भने संक्रमण दिनप्रतिदिन बढ्दै गईरहेकाले सरकारले पनि यसवर्षको दशैँ जो जहा छ, त्यही स्वास्थ्य सजकता अपनाउदै मनाउन अग्रह गरेको छ ।

Blog Post Ad

Blog Post Ad

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले देउतालाई मनदेखी सम्झिएर घरबाटै सजकता अपनाउदै यसवर्षको दशै मनाउनुपर्ने बताउनु भएको छ । वर्तमान समयमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन्छ, त्यसैले यसवर्ष अध्ययन लागी वा अन्य कुनै वाहानामा घरदेखि बाहिर रहेकाबाट संक्रमण सजिलै बस्ति बस्तिमा प्रवेश गर्ने सम्भावना धेरै रहेको उहाको भनाई छ ।

यसका लागी सबै सचेत हुन आग्रह गर्नुभयो । लक्षण देखिएकालाई मात्र कोरोना परिक्षण गर्ने निती भएपनि संक्रमण भने कुनै पनि लक्षण नदेखिएका ब्यक्तिले पनि फैलाउन सक्ने भन्दै सबै सचेत रहन स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहिले आग्र्रह गर्नुभयो । होम आईशोलेशनमा बसेका संक्रमितलाई कुनै पनि हालतमा घुलमिल हुन नदिन पनि उहाले सुझाव दिनुभयो ।