नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८४७ पुग्यो

काठमाडौं, ९ कार्तिक । नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Buddha International Hospital

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

Advertise with us

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्।

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

Advertise with us