सहकार्य गर्न एसपी पाण्डेको आग्रह

Advertise with us
फोटोः रीता लामा

जिल्ला प्रहरी कार्यालय दाङ भर्खरै सरुवा भएर आएका एकपी बेलबहादुर पाण्डेले जिल्लाको शान्ती सुरक्षा स्थापीत गर्नको लागि प्रहरीलाई सही सुचना दिएर सहयोग गर्न संचारकर्मीहरुलाई आग्रह गरेका छन ।
उनले जिल्ला आएको एक साता पछि जिल्लाका संचारकर्मीहरुलाई कार्यालय मै बोलाएर जिल्लाको समग्र अवस्थाको बारेमा पनि जानकारी लिएका थिए । कार्यक्रममा जिल्लाको समस्याको बारेमा पत्रकारहरुको धारणा सुनिसके पछि पाण्डेले आफुले शान्ती सुरक्षा स्थापनाको लागि सक्दो प्रयास गर्ने बताए । साथै उनले स्थानिय निकायमा बढीरहेका अवैध उत्खनन, ट्राफिक समस्या, महिला हिंसा, चन्दा आतंक, बलात्कार लगायतका घटना हुन नदिनको लागि बढी चनाखो रहने बताए ।

Advertise with us

Buddha International Hospital
फोटोः रीता लामा

यसैगरी हत्याका पुराना घटनालाई पनि निरन्तर अनुसन्धान गर्ने उनले बताए । पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले संचारकर्मीहरुलाई सहि र समयमा सुचना दिएर सहयोग गर्न प्रहरी प्रमुखलाई आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महांघका पुर्व अध्यक्ष प्रताप रेग्मी, रिपोर्टस क्वलका अध्यक्ष शरद रेग्मी, पत्रकार खेमराज रिजाल, पत्रकार महासंघका सचिव भुपेन्द्र वली, पत्रकार लिलाधर वली लगायतले जिल्लाको अवस्थाको बारेमा एसपीसँग जिज्ञासा राखेका थिए ।

फोटोः रीता लामा