सवारी चालकको तितो अनुभव : कमाई नै नभएपछि के दशैँ, के तिहार ?

जीतसागर जी.एम.

Buddha International Hospital

दाङ, ९ कार्तिक । तुलसीपुर–७ का यादव नेपाली तुलसीपुर–घोराही सडक खण्डमा सार्वजनिक गाडी चलाउँछन् । उनले गाडी चलाउन थालेको करिब १६ वर्ष भयो । बस चलाउन थालेको अहिलेसम्म उनी आफ्नो पेशाप्रति खुशि नै थिए । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले सबैक्षेत्र प्रभावित भएपछि सार्वजनिक यातायात पनि अछुतो हुन सकेन् ।

Advertise with us

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले करिब ६ महिना नराम्ररी प्रभावित बनेको यातायात क्षेत्रपछि सरकारले लकडाउन खुकुलो बनाएपछि फेरि तंग्रिने आशा पलायो ।

सार्वजनिक सवारी पनि संचालनमा आएसंगै यादव पनि खुशि भए । तर समय उनले भनेजस्तो भएन् । ‘अब त फेरि पनि आम्दानी हुन्छ भनेर गाडी चलाउन शुरु गरेँ तर यात्रुको अभावका कारण अहिले साँझ बिहानको छाक जुटाउनै मुस्कील छ’ उनले भने–‘घोराही तुलसीपुर रोडमा दैनिक ३ हजार ५ सय खर्च आउँछ , अहिले दैनिक ४ सयदेखि १ हजारसम्म हुने गरेको छ, यसले त गाडीकै खर्च उठाउँदैन्, मेरो खर्च कसरी चलाउने ।’

बसमा यात्रु पाइन छोडेपछि अहिले उनि १६ वर्षदेखि गर्दै आएको पेशालाई निरन्तरता दिनेमा आफै अनुत्तरित छन् । ‘यति लामो समय गाडी चलाईयो, अहिले पेशा छोडेर अरु काम गरौँ भने अरु काम पनि जानिएको छैन् ।’ उनले भने–‘अब यसले पनि गुजारा चल्ने छाँट छैन् ।’

आइतबार बिहान म उनकै बसमा घोराहीबाट तुलसीपुर आउने अवसर मिल्यो । शुरुमा उनीसंग मेरो चिनजान नै थिएन् । करिब बिहानको साढे ९ बजेको थियो । बस छुट्नै लाग्दा बसमा मुस्किलले ६÷७ जना यात्रु थिए । उनले म तिर मलिन अनुहार लगाउँदै भने–‘ के गर्नु यात्रु नै छैन्, दशैँको समयमा समेत यस्तो हालत छ, आज त केहि आम्दानी भयो भने छोराछोरीलाई नयाँ कपडा किनिदिउँला भनेको थिएँ तर के गर्नु ?’

त्यसपछि केहिबेर अघि बढेपछि चिनजान र परिचय भयो । गाडीको स्टेरिङमा उनको हात भएपनि अनुहारले घरको परिवारलाई सम्झिरहेको थियो । उनि पटक–पटक भनिरहेका थिए । ‘यति ४ सय रुपैँया छ, गाडीमा तेल हाल्नु कि घर परिवारका लागि नयाँ कपडा किनिदिनु ? उनले त्यसैमा थप्छन्–‘ह्या, कपडा त उधारो किनौँला तर गाडीमा तेल नै राख्नुप¥यो । लाखौँ यात्रुलाई गन्तव्यमा पु¥याउने सवारी चालक आफ्नै गन्तव्य भने निश्चित देखेका छैनन् ।

Advertise with us