कैदीमा ज्वरो र रुघाखोकीको लक्षण, केही निको केही बिरामी

दाङ, ९ कार्तिक । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनुभयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वाव टेष्ट भने नगरिएको परियारले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

अत्यन्त संबदेनशील स्थान कारागार पनि भएकाले कैदीलाई कोरोना लगायत कुनैपनि संक्रमण हुने खालका रोग प्रति कारागार शाखा सर्तक अबस्थामा रहने गरेको उहाँले बताउनुभयो । मापदण्ड अनुसार साँढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रीत बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।

Advertise with us