दाङका कैदीबन्दी आफन्तबाट दसैंको टीका लगाउन वञ्चित

दाङ, ८ कार्तिक । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन वञ्चित गरिएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको घोराही कारागार प्रमुख विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

Buddha International Hospital

Advertise with us

कारागारका कैदीबन्दीले आ आफैं टीका लगाएर दसैं मनाउने तयारी गरेका छन । कैदीबन्दीले दसैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्न भनेर कोष बनाएका छन । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ रहेको जनाइएको छ ।

केही कैदीबन्दीले दसैंको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द रहेको छ ।

Advertise with us