चार क्लबको उपाधी जित्ने एउटै लक्ष्य

दाङ, ११ फागुन । दाङको घोराहीमा जारी खलन थापा मगर कप रनिङ फुटबल प्रतियोगितामा जागरुक एकता क्लब र अटल युबा क्लब रातो सेमीफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलबाट जागरुक र अटल सेमीफाइनलमा प्रबेश गरेका हुन् ।

Blog Post Ad

Blog Post Ad

प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा जागरुक एकता क्लब घोराहीले तुलसीपुरको एसएसएफएलाई सुन्यका बिरुद्ध १ गोल गर्दै सेमीफाइनलमा प्रबेश गरेको हो । जागरुकका तर्फबाट हर्षबद्र्धन आलेले १ गोल गर्नुभएको थियो ।

खेलमा जागरुकका सुरेन्द्र भण्डारी र सन्दिप बुढा र एसएसएफका गणेश खड्काले पहेलो कार्ड प्राप्त गरेका थिए । यस्तै शनिबार भएको दोस्रो खेलमा अटल युबा क्लब रातोले नबजागरण युबा क्लबलाई ३—२ गोल गर्दै बिजयी भएको छ ।

खेलमा अटलका तर्फबाट निराजन भण्डारी, भरत चौधरी र ज्ञानबिक्रम थापा मगरले १÷१ गोल गर्नुभएको थियो भने नबजागरणका तर्फबाट बिबेक सुनार र दिपक बिष्ट मगरले १÷१ गोल गरेका थिए । खेलमा अटलका शेखर बोहराले पहेलो कार्ड प्राप्त गर्नुभएको थियो । लखन कप अन्तर्गत आइतबार बिश्राम रहेको छ ।

त्यसैगरी फागुन १३ गते हुने सेमिफाइनल खेलमा पहिलो खेलमा अटल युव क्लब रातो र बडहरा युवा क्लब भिड्ने छन् भने दोश्रो खेलमा युएनबिसी एकेडमी र जागरुक एकता युवा क्लब भिड्ने छन् । सोही खेलमा बिजयी हुने दुई क्लब फाइनलमा पुग्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *