घोराहीमा बलात्कारका घटना बिरुद्ध प्रदर्शन

दाङ, ६ कार्तिक । दाङमा पछिल्लो समय बलात्कारका घटना विरुद्धको प्रदर्शन बढ्दै गएको छ । एक महिनाभित्रै घोराहीमा ३ पटक सकडमै बिरोधका कार्यक्रम भएका छन् । आज पनि घोराहीका विद्यार्थि युवा महिलाहरु सडकमै उत्रिएर सरकार बिरुद्ध प्रर्दशन गरेका छन् । उनिहरु कालो पहिरन सहित आखामा कालो पट्टि बाधेर घोराहीका दुई चोकमा प्रर्दशन गरेका हुन् । घोराहीको दामोदर चोकमा ३ देखी ४ बजे सम्म र दिपशिखा चोकमा ४ देखी ५ बजे सम्म प्रदर्शन गरेका हुन् ।

Buddha International Hospital

Advertise with us

दिनप्रति दिन बढ्दै गईरहेको बलत्कार जस्तो जघन्य अपराधका घटना न्युनिकरणमा सरकारले चासो नदिएको भन्दै सरकार बिरुद्ध उनिहरुले प्रर्दशन गरेका हुन् । दिनप्रतिदिन बलत्कारका घटना बढ्दै जादा पनि सरकारले ठोस कदम चाल्न नसकेको प्रति दुख ब्यक्त गरेका हुन् । सरकार बलात्कारीलाई संरक्षण दिने होईन पिडितमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

महिलाहरुले सरकार आफुसँग भएको महशुस गर्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् । बलात्कारका घटना न्युनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी भएको बताएका छन् ।

Advertise with us