लागूऔषध सहित दाङका दुई जना पक्राउ

दाङ, ६ कार्तिक। लागूऔषध सहित दाङका दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सीमा गस्तीमा खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

Buddha International Hospital

भारतबाट नेपालतर्फ आईरहेका दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ गणेश टोल घर बताउने बर्ष २० का आकाश गुप्ता र वडा नं. १० का २१ वर्षीय विजयकुमार वानियालाई निट्राभेट ३० पत्ता र छयामोल ६० पत्ता सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी

Advertise with us

कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

दुवै जनाले हातमा छोपी कालो पलाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा गुप्ता र वानियालाई पक्राउ गरेको हो । उनिहरुमाथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Advertise with us