दश दिनदेखी आमा-छोरी बेपत्ता

बिजौरी, ६ कार्तिक ।  असोज २७ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटका एक महिला छोरी सहित बेपत्ता भएकी छन् । तुलसीपुर १९ बिजौरीमा बस्दै आएकी २२ वर्षिय दिलमाया वली वडा नम्बर १८खोलिगाउँ माइत जाने भनी हिडेकी ससुरा नाता पर्ने वीरबहादुर वलीले जानकारी दिनुभयो ।

Blog Post Ad

Blog Post Ad

५ वर्षिय छोरी सहित बेपत्ता भएकी दिलमायाका श्रीमान रोजगारीका शिलशिलामा साउदी रहेका छन् । माइतमा पनि सोही दिन साझ नै फर्किएको जानकारी दिएको वीरबहादुर वलीले बताउनुभयो । बेपत्ता भए लगत्तै प्रहरी समक्ष समेत जानकारी गराइएको छ ।

श्रीमानले ८ लाख ८५ हजार रकम विदेश गएपश्चात् पठाएको जानकारी पाएको वीरबहादुर वलीले बताउनुभयो । यता महिला र बालिकालाई कतै फेला पारे परिवार वा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन वीरबहादुर वलीले जानकारी दिनुभयो ।