व्यवसायीक सुरक्षाकालागि एकता आवश्यक


दाङ,११ फागुन । व्यवसायीक सुरक्षाका लागि व्यवसायीहरुका विचमा एकता आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही हार्डवयर व्यवसायी समितिको प्रथम साधारणसभाका अवसरमा बोल्ने सहभागीहरुले हार्डवयर व्यवसायीहरुको व्यवसायीक सुरक्षाकालागि व्यवसायीहरुका विचमा एकता हुन आवश्यक रहेको बताएका हुन ।


Advertise with us
व्यवसायीहरुका विचमा एकता नहुँदा व्यवसायीहरु हेपिने र मर्कामा पर्ने अवस्था रहेको भन्दै सहभागीहरुले व्यवसायीहरुको सुरक्षाकालागि अस्वस्थ प्रतिष्प्रधा व्यवसायीहरुले छोड्नुपर्ने बताएका थिए । साथै उनीहरुको व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड थियो ।

Buddha International Hospital

घोराही हार्डवयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसीको अध्यक्ष तथा दाङ उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीको प्रमुख आतिथ्यता एव नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । उनीहरुले समितिलाई संगठित र बलियो बनाउँदै व्यवसायीहरु अघि बढ्न आग्रह गरेका थिए ।


त्यस अवसरमा नारायणपुर हार्डवयर व्यवसायी समितिका अध्यक्ष अनिल बस्नेत, हार्डवयर व्यवसायी समिति घोराहीका सल्लाहकार धनराज पोख्रेल, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका कोषाध्यक्ष धुर्व केसीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सस्थाका सचिव नारायण पुरीले सागठनिक तथा कोषाध्यक्ष बिमलकुमार थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थको कोषाध्यक्षमा निर्वाचित हार्डवयर व्यवसायी धुर्व केसीलाई सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष अमरराज भुषालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव नारायण पुरीले गरेका थिए ।