प्रधानमन्त्री ओलीको आज जन्मदिन

इतिहासकै पहिलो पटक दुई तिहाई जनमतका साथ देशको उच्च कार्यकारी पद प्रधानमन्त्री बन्न सफल खड्ग प्रसाद ओली (के.पी ओली) को आज जन्मदिन हो । राजनेताको रुपमा अधिकांश जनताको ढुकढुकीमा बस्न सफल प्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र मधुमाया ओलीको पुत्रका रुपमा वि.स. २००८ साल, फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाविस २ तीनसल्लेमा जन्मिनुभएको हो । आजको दिन उहाँको निक्कै दुर्लभ जन्मदिन परेको छ ।

Buddha International Hospital

बार, महिना, दिन सबै मिलेर जन्मदिन परेका कारण आज उहाँका लागि निक्कै महत्वपूर्ण छ । जुन बार जन्मिएको हो । सोही गते र सोही बार पर्छ केही बर्षको प्रतिक्षा गर्नुपर्ने हुन्छ । उहाँको आज यस्तै परेको छ । उहाँ चार बर्षको हुँदा आमा मधुको मृत्युपछि ओलीलाई उहाँकी हजुरआमा राममायाले हुर्काउनुभएको थियो ।

Advertise with us

कक्षा ४ सम्मको अध्ययन तेहूथुममा पूरा गर्नुभएका ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ सालमा प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएको थियो । ओलीको परिवार २०२२ सालमा बसाइसरार्इ गरी झापा झरेको देखिन्छ । सानैमा आमाको माया गुमाउनुपरेको र गरिब परिवारमा जन्मिएका कारण उहाँको बाल्यकाल निकै कष्टपूर्ण बितेको थियो । पढाईको सिलसिलामा झापा आन्दोलनका योद्धा रामनाथ दाहालसँग उहाँको भेट भयो ।

चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाउनुभएको थियो । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाब तिब्र गतीमा बढ्दै गयो । विद्यार्थी छँदादेखि नै मीठो र प्रष्ट ढंगले बोल्ने ओली अरुको खुलेर आलोचना गर्न सक्नुहुन्थ्यो । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाल्नुभयो । तर, राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सक्नुभएन । उहाँ त्यही उमेर देखि नै प्रखर वक्ता युवा नेताको रुपमा चर्चित हुन थाल्नुभएको थियो ।

जानकारहरु दावी गर्छ ओलीको क्षमता त्यो बेला नै निक्कै खारिएको थियो । उहाँको कार्य कुशलता देख्दा नेतृत्वसमेत मन्त्रमुग्ध थिए । वि.स. २०२३ सालदेखि राजनीतिमा सक्रिय बन्नुभएका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही बर्षदेखि भूमिगत जीवन शुरु गरेको देखिन्छ ।

पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उहाँ २०२७ सालमा नै पक्राउ पर्नुभयो । राजनीति मियो बन्न सक्ने लक्षण देखाएको युवा राजनीतिज्ञ शासकको तारो बन्नुभयो । उहाँलाई १४ बर्षसम्म जेलमा राखियो । उहाँ पहिलो पटक २०२७ फागुन १६ गते झापाबाट गिरफ्तार हुनुभएको थियो । पंचायती प्रशासनले जेलजीवनका क्रममा ओलीलाई ९ पटक ठाउँसारी गरेको थियो । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनिसक्नुभएको थियो । २०४८ सालदेखि उहाँ तत्कालिन नेकपा माले हुुँदै अहिलेसम्म पार्टीको माथिल्लो कमिटिमा रहँदै आउनुभएको एकमात्र राजनीतिज्ञ हो । ओली २०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित हुनुभयो । तर २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई पराजित गरेर उनले पार्टीको बागडोर आफ्नो हातमा लिनुभयो ।

ओली वि.स. २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभामा निर्वा्चित हुनुभएको छ । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभयो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उहाँले झापा ७ बाटै विजयी हासिल गर्नुभयो ।

ओली संविधानसभा सदस्य बनेर आएपछि नै नेपालको संविधान जारी हुन सम्भव भएको अधिकांश विश्लेषकहरुको दावी छ । उहाँ नयाँ संविधानबाट भएको पहिलो निर्वाचनमा झापाबाटै सर्वाधिक मत ल्याएर विजयी हुनुभयो । आफु मात्र हैन आफ्नो पार्टीलाई समेत पहिलो बनाएर आफ्नो पार्टीसँग विचार मिल्नेहरुसँगको सहकार्यमा इतिहासमा पहिलो पटक दुई तिहाई मत भएको प्रधानमन्त्रीको रुपमा अहिले कार्यरत हुनुहुन्छ ।

यतिमात्र हैन प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) लाई एकिकरण गरेर विश्वकै धेरै जनमत ल्याउन सक्ने कम्युनिष्ट पार्टीको रुपमा एकता गर्नुभयो । उहाँ अहिले उक्त पार्टीको अध्यक्ष समेत हो । प्रधानमन्त्री ओली यसअघि परराष्ट्रमन्त्री, गृहमन्त्री उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्रीमापनि उहाँको यो दोस्रो कार्यकाल हो ।

नयाँ संविधान घोषणा भएलगत्तै माओवादीको समर्थनमा २०७२ असोज २४ गते उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बन्नुभएका ओली प्रचण्डकै अविश्वास प्रस्तावका कारण २०७३ साउन २३ गते सत्ताच्युत हुनुभएको थियो ।

त्यसको झण्डै डेढ बर्षपछि उहाँ दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको छ । ओली विगत १० बर्षयता मृगौला रोगसँग लड्दै आउनुभएको छ । काम नगरेपछि भारतमा उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था प्रतिकूलता हुँदाहुँदैपनि ओलीले झण्डै पाँच दशक लामो राजनीतिक जीवन उचाईमा पुर्याई सक्नुभएको छ ।

प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकालमा भारतले गरेको नाकावन्दीको सामना गरेको भन्दै उहाँको प्रसंसा भएको थियो । प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो कार्यकाललेपनि १ बर्ष पुरा गरिसकेको छ । यो कार्यकालमा राम्रो काम गरेर मुलुकलाई समृद्धिको दिशामा लैजाने उहाँको प्रतिवद्धता । साथै सोही अनुसार कामपनि भइरहेको छ । यसैले उहाँ अहिले एउटा राजनेताको उचाईमा हुनुहुन्छ । जनताका राजनेता केपी शर्मा ओलीलाई  जन्मदिनको हार्दिक शुभकामना ।