आमा प्रशिक्षण कार्यक्रम हुदै

आफ्ना बालबालिकाले लागुऔषध सेवन गरेको कसरी थाहा पाउने भन्ने बारेमा घोराहीमा एक दिने आमा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा जिल्लाका १०० वटा वडाका २०० जना जनप्रतिनीधिहरु सहभागि हुने छन । जिल्ला प्रहरी कार्यालय नजिक रहेको पंतन्जली योग शिविर हलमा शनिवार विहान साढे दश बजे हुने उक्त कार्यक्रमा उपस्थितीको लागि आयोजकले सबैलाई आग्रह गरेको छ ।

Advertise with us
पुर्व प्रहरी संगठनका अध्यक्ष रोवरबहादुर बस्नेतले लागु औषध दुव्र्यशन विरुद्धको अभियानमा अन्र्तराष्ट्रिय ख्याती कमाएका पुर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुवरले उक्त प्रशिक्षण दिने हुदाँ उपस्थितीका लागि सबैलाई आग्रह गरेका हुन ।
सामुदायिक प्रहरी सेवा केन्द्र र नार्कोनन मुख्य आयोजक रहेको उक्त कार्यक्रमको सहआयोजकमा पुर्व प्रहरी संगठन, गोरखा स्कुल, संकल्प महिला संचार संस्था र जिल्ला युवा समिती रहेका छन ।

Buddha International Hospital