नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट खोप सेवा सुरु

घोराही, ४ कार्तिक। घोराही उपमहानगरपालिकाले नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट खोप सेवा सुरु गरेको छ । यस अघि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्र रहेको संस्थागत परिवार नियोजन क्लिनिकबाट खोप सेवा प्रबाह हुदै आएकोमा अब देखी घोराही १४ तिनकुने चोक स्थित नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट खोप सेवा दिने भएको हो ।
Advertise with us
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरि खोप केन्द्रको उद्घाटन गरिएको छ ।
यस अघि संस्थागत परिवार नियोजन क्लिनिकबाट दिदै आएको सबै सेवा शहरी स्वास्थ्य केन्द्रबाट दिईने भएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले नागरिकहरुको स्वास्थ्य सुरक्षा र पहुँचमा नगर प्रतिबद्ध रहेको बताउनुभयो । आफ्ना बालबालिकालाई उमेर अनुसारको खोप लगाउने तर्फ अभिभाबकलाई सधै सचेत बन्न समेत आग्रह गर्नुभएको छ ।
त्यसैगरी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले खोपलाई स्वस्थ रहने औषधीकारुपमा लिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण स्वास्थ्य केन्द्रका इन्चार्ज खिमा भुसालले गर्नुभएको थियो ।

Advertise with us