सुनसान दाङका व्यापार व्यवसाय

अमरराज आचार्य

Buddha International Hospital

दाङ, ४ कार्तिक । नेपालीहरुको महान पर्व विजया दशै घर घरमा भित्री सकेको छ । चार्डपर्वमा भिडभाड हुने व्यापार व्यवसाय अहिले सुनसान जस्तै रहेको देखिन्छ । विश्व भर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभावले बजार पसल सुनसान भएको व्यवासायिहरु बताउछन् । चार्डपर्वमा किनमेल गर्नेको लागि चहपहल हुने जिल्लाका बजारहरु घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, लमही, भालुवाङ, गढवा वजारहरु अहिले सुनसान रहेको व्यवसायिहरुले बताएका छन् ।

Advertise with us

दसै ंअघि लत्ताकपडा तथा खाद्यान्न सहित सवारी साधन र मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजार सुनसान देखिन्छ । अघिल्ला वर्ष बजार पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा सडक पेटी देखि ठूला डिर्पाट मेन्टल स्टोरमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायीको भनाइ छ ।

ऋण गरेर सामान ल्याएका व्यवासायिहरुले व्यापार नभए पछि थप चिन्तीत भएका छन् । कोरोना भाइसले व्यापारमा ठूलो असर परेको घोराही रेडिमेट फेन्सी व्यवसायि समितीका अध्यक्ष एकराज खनालले बताए । चाडवार्डको समयमा पनि फेन्सी व्यवसाय सुन्सान रहेको उनको भनाइ रहेको छ । व्यापार व्यवसाय नभए पछि कसरी भाँडा तिर्ने वन्न समस्याले सताएको खनालले बताए । भाँडा तिर्ने रकम पनि नउठने भए पछि कसरी भाँडा तिर्ने भन्ने चिन्ताले सताउने गरेको उनी बताउछन् ।

‘अहिले फेन्सी व्यवसाय करिव १० प्रतिशत मात्र व्यापार रहेको छ ’ अध्यक्ष खनालले भने । पसल खुला भए पनि व्यापार हुन नसकेको खनाल बताउछन् । कोरोना भाइरसको सङक्रमणको कारण मानिसको आय स्रोत नहुदा यसको असर सबै क्षेत्रमा परेको उनले बताए । लकडाउन, निषेधाज्ञाले लामो समय सम्म बन्द भएका पसल बजार खुला भए पनि व्यापार हुन नसकेको अध्यक्ष खनालले बताए । अहिले लत्ता कपडा, जुत्ता चप्पल, अति आवश्यकका वस्तुमा सामान मात्र बिक्री हुने गरेका छन् ।

अहिले जुता चप्पलको व्यापारमा गत वर्षको तुलनामा करिव ६० प्रशितले घटेको घोराही न्युरोडमा रहेको स्काइ सु सेन्टरका सञ्चालक छविनारायण गिरीले जानकारी बताए । ‘चाडवार्डमा पनि ४० प्रतिशत मात्र व्यापार रहेको छ ’ गिरीले भने । अहिले पसल खोलेर दिन काटउने काम मात्र हुने गरेको गिरी बताउछन् । व्यापार गरेर आम्दानी गर्ने भन्दा पनि घर भाँडा कसरी तिर्ने भन्ने समस्या रहेको उनको भनाइ रहेको छ । यसले गर्दा व्यवसायिहरुलाई थप समस्यामा पारेको उनले बताए ।

अहिले होटेल क्षेत्र पनि उस्तै समस्यामा रहेको होटेल व्यवसायिहरुले बताउछन् । होटेलहरु सञ्चालनमा आए पनि व्यापार न्युन रहेको छ । होटेलमा आउन अझै पनि डराउने गरेको दाङ देउखुरी होटेल व्यवसायि समितीका अध्यक्ष रुद्रवहादुर डाँगीले बताए । ‘बाहिर वाट आएका मानिसहरु वाध्य भएर वास वस्ने गर्नु भएको छ’ अध्यक्ष डाँगीले भने । होटेलमा ढुक्क भएर आउने अवस्था अझै आउन नसकेको उनी बताउछन् । कोभिड १९ को कारण पहिलेको जस्तो व्यापार हुन लागि धेरै समय लाग्ने उनको भनाइ रहेको छ ।

अहिले व्यपार व्यवसाय हुने समय भए पनि न्युन मात्रामा व्यापार हुने गरेको उनी बताउछन् । लामो समय देखि व्यापार नहुँदा सवै भन्दा धेरै असर मध्यम र साना व्यवायीलाई परेको बताइएको छ । चाडपर्वमा व्यापारिक हाउसले सामान विकाउन विभिन्न अफर योजना ल्याउने गरेकोमा यो वर्ष भने त्यस्ता विशेष अफर समेत देखिँदैनन् । कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र व्यापार हुने सिजनमा पनि कारोबार नहुँदा धेरै नै असर पारेको व्यवासायिहरुको भनाइ रहेको छ ।

अघिल्ला वर्षको दसैंमा धेरै व्यापार हुने भए पनि यो वर्ष कोराना भाइरसले गर्दा मानिस सामान खरिद नै गर्न नआएको उनीहरुको भनाइ छ । ७ महिना देखि आम्दानी गुमेकाले आवश्यक पर्ने सामान बाहेक ग्राहक सामान खरिद गर्न नआएका हुन् । चाडपर्वको सिजनमा पनि व्यापार नहुँदा व्यवसाय कसरी सञ्चालन गर्ने भनेर अधिकांश व्यापारी चिन्तित छन् । कोरोनाले गर्दा यो वर्षको दशैंको माहोलमा ५० देखि ८० प्रतिशतले व्यापारमा कमी भएको व्यवसायीको भनाई छ ।

Advertise with us