बाँकेमा ६६ जना कोरोनामुक्त भई डिस्चार्ज

नेपालगञ्ज ,४ कात्तिक।  बाँकेमा मंगलवार ६६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आसोलेशनमा रहेका ४१ पुरुष र २५ जना महिला डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेसनमा बाँकेका ५ सय २५ र अन्य जिल्लाका १७ गरी ५ सय ४२ जना रहेका छन् ।बाँकेमा हालसम्म २ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

Buddha International Hospital
Advertise with us

Advertise with us