युएनविसी सेमिफाइनलमा प्रवेश

 

घोराही १० फागुन । फगुन २ गतेदेखि घोराहीमा भैरहेको प्रथम शहिद लखन थापा रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत युएनविसी एकेडमी सेमीफाइनमा प्रवेश गरेको छ ।

Buddha International Hospital

Advertise with us

दोश्रो चरणको खेलमा शुक्रबार भएको पहिलो खेलमा मेघा युवा क्लबलाई ० को बिरुद्द २ गोल गरी युएनविसी एकेडमी विजयी भएको हो । पहिलो हाफमा युएनविसीका जर्सी न. ७ का अमित चौधरीले एक गोल गरेका थिए भने दोश्रो हाफमा जर्सी न.५ का गोपाल कुंवरले एक गोल गरेका थिए । मेघा युवा क्लबलाई हराउँदै युएनविसी एकेडमी सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोश्रो खेलमा फुर्सेखाली युवा क्लबलाई को बिरुद्द गोल गरी बडहरा युवा क्लब विजयी भएको छ । बडहरा युवा क्लबका जर्सी न. १० का एरोन रोकाले एक गोल गरेका थिए ।

यस्तै प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो खेल जागरुक एकता युवा क्लब र एसएसएफए जुनियर क्लबका बीच हुनेछ भने दोश्रो खेल नवजागरण युवा क्लब र अटल युवा क्लब रातोका बीच हुनेछ । स्कोरको जानकारी फुटबल प्रतियोगिता ब्यबस्थापन समितीका फोर्थ अफिसियल दीपक पुनले जानकारी दिनुभएको हो |

Advertise with us