दाङमा एक जना कोरोना संक्रमितको होम आईसोलेसनमै निधन

दाङ, ४ कात्तिक। दाङमा एक कोरोना संक्रमितको होम आईसोलेसनमै निधन भएको छ ।  लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिएका छन् । उनी जन्डिसको बिरामी भएको बुझिएको उनले जानकारी दिएका छन् ।

गएको असोज १ गते कोरोना परिक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखीएपछि श्रीमान–श्रीमती होम आईसोलेसनमा बस्दै आएका थिए ।

Blog Post Ad

उनको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ । यो संगै जिल्लामै कोरोना संक्रमितको निधन हुनेको संख्या तिन पुगेकोे छ । यस अघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको थियो भने घोराहीमा बेवारिसे फेला परेको शवको कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो ।

Blog Post Ad