लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार हुने

दाङ, ४ कार्तिक । लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचार निशुल्क गर्ने जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने निःशुल्क उपचार गर्ने जनाएको हो।

Buddha International Hospital

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार भइरहको जनाएका छन्।

Advertise with us

सामाजिक सन्जालमा मुख्यमन्त्री पोख्रेलले लेखेका छन् ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निस्शुल्क उपचारको व्यवस्था यथावत रहेको छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार सम्बन्धित व्यक्तिले आफैं व्यहोर्नुपर्ने निर्णय भएको बताएका थिए।

लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको आयुर्वेद अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाइएको छ।

Advertise with us