पौडेलले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग

Advertise with us
दाङ, १ कातिक। तुलसीपुर-७ जितपुरका उपेन्द्र पौडेल र उहाँको परिवारले विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । पौडेल परिवारले समस्यामा रहेको तुलसीपुर-७ बसन्तपुरको विपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगाएतका सामाग्रि सहयोग गरेको हो ।
बडादशैँको अवसर पारेर पौडेलकी श्रीमती सरिता पौडेल, छोरी युसा पौडेलले विपन्न परिवारको घरमै पुगेर सहयोग गर्नुभएको हो । वडा नम्बर ७ का जनप्रतिनिधि वडासदस्य राम बहादुर जिसीको समन्वय तथा स्थानिय अगुवा चिरञ्जीवी रेग्मीको अगुवाईमा घरमै पुगि उनिहरुलाई खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको हो ।
Advertise with us
रोजगारीका लागि दुवै पुग्नुभएका पौडेलले स्वदेशमा रहेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको भन्दै वडा सदस्य जिसीले पौडेललाई धन्यवाद ज्ञापन गर्नुभयो । पौडेलले यसअघि पनि विभिन्न ठाउँमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गर्नुभएको हो ।