महतनिया खोला छेउका ८२ घर जोखिममा


रीता लामा
घोराही, । दाङको देउखुरी उपत्यकाको निकै विकट दक्षिणी भेगमा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ५ महतनीया गाउँ संवेन्दनशिल चुरे क्षेत्रमा पर्दछ ।

Advertise with us


सरकारले चुरे क्षेत्र संरक्षणका लागि गुरुयोजना र नीति बनाएर चुरे क्षेत्रमा बस्ने नागरिकहरुको जीवन स्तर उकास्ने लगायत चुरे क्षेत्रको दीगो व्यवस्थापनमा काम गरेको छ । तर त्यही दीगो व्यवस्थापनको लागि समयमा बजेट नछुटिदा राजपुरको महतनीया खोला आसपासका ८२ घर भने चुरे कटानको मारमा परेका छन ।

Buddha International Hospital


समयमा संरक्षण हुन नसक्दा महतनिया खोलाको शिरमा पर्ने आधा दर्जन गाउँहरु कटानको मारमा परेको त्यहाँका अगुवा दलबहादुर गिरीले बताए । उनका अनुसार त्यहाँको गाउँ भएर बग्ने महतनिया खोलाले त्यहाँका खेती योग्य जमिन, विद्यालय, सार्वजनिक स्थल र सामुदायिक बनको धेरै भुभाग कटान गरेको छ ।


त्यहाँको झुप्पा सामुदायिक वनकी सचिव गंगा केसीका अनुसार महतनिया खोलाले सामुदायिक बनको करिव एक सय विगाहा, स्थानिय व्यक्तिको करिव ८० विगाहा खेति योग्य जमिन र स्थानिय जनज्योति प्राथमिक विद्यालयको जग्गा समेत कटान गरेको छ ।
‘बलौटे पहाड छ, नदि भासिदै छ गाउँका बस्ती पनि पहिरोले लैजाने जोखिम बढेको छ ।’ सामुदायिक बनकी सचिव केसीले भने ‘त्यहाँको माझ गाउँ, कुश्मा टोल, दक्षिण टोल, चमारे भिर सबै खोलाले बगाउन थालेको छ ।’

विशेष गरी मगर, दलित र थारुहरुको बस्ती रहेको त्यस क्षेत्रमा सरकारका प्रतिनीधि र स्थानियको सहभागितामा त्यहाँको जमिन संरक्षणको लागि २० बर्षे गुरु योजना बनाएर काम थाल्ने सहमति भए पनि त्यहाँ आएको बजेट अनेत्रै लगाउदा गुरुयोजना अनुसारको काम हुन नसकेको स्थानियको गुनासो छ ।

त्यहाँका स्थानिय रेकबहादुर बुढाका अनुसार जिल्ला भुसंरक्षण कार्यालयले २०६७÷०६८ देखि त्यहाका स्थानिय बासिन्दाहरुको सहभागितामा त्यस क्षेत्रको नदिकटान, पानी संरक्षणमा केही काम भए पनि पछिल्लो समय त्यस क्षेत्रको लागि भनेर सरकारले छुट्याएको दुइ करोड ५० लाख बजेट अनेत्रै खर्च भएको उनले बताए ।

‘आर्थिक बर्ष २०७५÷७६मा महतनिया खोलाको माथिल्लो तटिय क्षेत्रमा नदी तटबन्ध, गल्छी, पहिरो रोकथाम, बृक्षारोपण, पानीको मुहान संरक्षण लगायतको लागि भनेर बजेट आएको थियो ।’ उनले भने ‘जिल्लाको संवेदनशिल चुरे संरक्षणको लागि भनेर राजपुर गाउँपालिकामा अर्थ मन्त्रालयबाट स्वीकृत भइ गाउँपालिकामा बजेट पनि आयो तर हामीले पाएनौ ।’

उत्त बजेट माथिल्लो तटिय क्षेत्रमा बस्ने प्रभावितलाई सरोकार नै नराखी भेदभाव पुर्ण तरिकाले तल्लो तटिय क्षेत्रमा लगाएको भन्दै उनीहरु आक्रोसित भएका छन ।

तर राजपुर गाउँपालिकाका अध्यक्ष रामप्रसाद शर्मा राष्ट्र पति संरक्षण कार्यालयबाट सर्सत तर्फ खोल्सासाल्सी र खहरे खोला व्यवस्थापनको लागि गाउँपालिकालाई ८० लाख रुपैया आएको र उक्त बजेट त्यस क्षेत्र भन्दा पनि जोखिममा रहेका अन्य क्षेत्रमा लगाइएको जानकारी दिए ।
‘राजपुर गाउँपालिकामा महतनिया खोला भन्दा पनि अरु धेरै जोखिम क्षेत्र छन । हामीले त्यहाँ बजेट लगाएका छौ ।

’ उनले भने ‘महतनियामा पनि आगामी बर्ष बजेट पार्ने सोच बनाएका छौ ।’ गाउँपालिका अध्यक्ष शर्माले स्थानियवासीलाई यस बर्ष नआत्तिन अनुरोध गर्दै आगाामी दिनमा बजेट दिएर खोला व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertise with us