म्युजिक भिडियोतिर दयाहाङ !

कलाकार दयाहाङ राई पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेका छन् ।

Blog Post Ad

रंगमञ्च हुँदै फिल्ममा जमेका यी कलाकार शुरुमा फिल्मका गीतमा कम्मर हल्लाउन पर्दा पनि असहज महसुस गर्थे । दयाहाङ नाच्नु नै धेरैका लागि अचम्म हुन्थ्यो ।

Blog Post Ad

दयाहाङले कतिपय अन्तर्वार्तामा भनेका छन्, नाच्न मलाई असहज लाग्छ । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा पनि खुल्दै गएका छन् ।

लकडाउनका बेला दयाहाङले अभिनय गरेका केही म्युजिक भिडियो सार्वजनिक भए । ती म्युजिक भिडियो दर्शकले रुचाएका पनि छन् ।

कोरोना भाइरसका कारण नेपाली फिल्म क्षेत्र क्वारेन्टिनमा छ । यस्तो बेलामा कलाकारका लागि म्युजिक भिडियो खर्च जोहो गर्ने माध्यम पनि बनेको छ ।

दयाहाङ पनि म्युजिक भिडियोमा देखिन थालेपछि दर्शकले प्रश्न गर्न थालेका छन् – दयाहाङ राई ज्यू, अफर आएजतिका फिल्ममा काम गरेर स्टारडम गुमाउनुभयो । अब म्युजिक भिडियो पनि त्यसरी नै ब्याक टु ब्याक आउने त हैनन् ?