‘नागरिक आवाज’ पुस्तकको लोकार्पण

Advertise with us

दाङ,असोज ३० । नागरिक समाज दाङले प्रकाशन गरेको ‘नागरिक आवाज’ पुस्तकको लोकार्पण गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकको विमोचन घोराही उप महानगरपालिका प्रमुख नरुलाल चौधरी, नागरिक समाज दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा र नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोख्रलले गरेका हुन । कार्यक्रममा वोल्दै घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिक समाजले नागरिकको आवाज लाइ बोल्ने गरेको बताए ।

Buddha International Hospital

Advertise with us

यसले गर्दा नागरिकहरुको आवाज सम्वन्धीत पक्ष सम्म पु¥याउन सहयोग मिलेको उनको भनाइ रहेको छ । ‘नागरिक समाजले नि स्वार्थ नागरिकको पक्ष काम गरि रहेको छ’ प्रमुख चौधरीले भने । नागरिक समाज दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले नागरिक नागरिक वन्नु पर्ने बताए । जिम्मेवार नागरिककले मात्र नागरिकको आवाजलाइ वोल्न सक्ने उनको भनाइ रहेको छ ।


नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले नागरिक समाजले प्रशासन गरेको पुस्तकले इतिहासलाई अभिलेखीकरण गर्ने सफल भएको बताए । यस पुस्तको अध्ययन वाट नया पुस्तालाई अभिप्रेरीत हुने उनको भनाइ रहेको थियो । सधै प्रश्न गर्ने संस्थाको रुपमा नागरिक समाज रहेको पोख्रेलले बताए ।

कार्यक्रममा वोल्ने बक्ताहरुले नागरिकहरुको दबिएको आवाज नागरिक समाजले बोलन सक्नु पर्ने बताएका थिए । दविएका नागरिकका आवाज सम्वन्धीत पक्ष सम्म पु¥याएमा समस्याको समाधान हुने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, जिल्ला वार इकाइका अध्यक्ष शिवप्रसाद घिमिरे लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रम नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको थियो । समाजका सदस्य हरिप्रसाद पाण्डेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन समाजका जिल्ला सह संयोजक निमवहादुर थापाले गरेका थिए । कार्यक्रमको सहजिकरण समाजका सचिव लक्ष्मी आचार्यले गरेकी थिइन् ।