‘हजुरआमा भइसकेँ नागरिकता छैन’

बाँके, फागुन  । बाँकेको जानकी गाउँपालिका–६ पिप्रहवाकी ४६ वर्षीया हसरतजहाँ दर्जीको विवाह भएको २५ वर्ष भयो । उहाँका १९ र १६ वर्षीया दुई छोरी अनि १४ र ११ वर्षका दुई छोरा छन् । हजुरआमासमेत भइसक्नुभएकी दर्जीले विवाह गरेदेखि हालसम्म संविधानसभा, स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको चुनाव भइसकेको छ तर ४६ वर्ष पुगिसक्दा उहाँको नागरिकता बनेको छैन ।

Buddha International Hospital

Advertise with us

श्रीमान् बाहिद अली दर्जीले हरेक चुनावमा भोट हाल्ने पनि गर्नुभएको छ तर हसरतजहाँ भने यो अवसरबाट वञ्चित हुनुहुन्छ । कारण त्यही नागरिकता हो । उहाँले चाहेर पनि आफूले मन परेको व्यक्तिलाई मतदान गर्न पाउनु हुँदैन । यतिमात्र होइन, नागरिकता नभएकै कारण उहाँले बैंक खाता खोल्न र सहकारी तथा महिला समूहमा रकम बचत गर्न पाउनु भएको छैन ।

Advertise with us